दोश्रो वी.पी. कप फुटवलकाे पहिलाे दिन हेटाैडा १ विजयि

छहारी संवाददाता
पुस ११, २०७६

दोश्रो वी.पी. कप फुटवलमा आज भएको पहिलो खेलमा साविक विजेता बकैयाँ गाउँपालिकालाई ट्राईब्रेकरमा हराउँदै हेटौंडा उपमहानगरपालिका १ विजयी भएको छ ।

नेपाली कांग्रेसको खेलकुद विभाग अन्र्तगर्तको नेपाल राष्ट्रिय लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले वी.पी. मेलमिलाप दिवसको अवसर पारेर आजबाट सुरु गरेको वी.पी. कप रनिङ्ग शिल्ड फुटवल प्रतियोगितामा ट्राईब्रेकरमा साविक विजेता बकैयालाई २–१ ले हराउँदै हेटौंडा १ विजयी भएको हो ।

ट्राईब्रेकरमा हेटौंडा १ का रोशन बुढाथोकी र दीपेश कार्कीले गोल गरेका थिए भने बकैयाका तर्फबाट १ मात्र गोल विकाश वाईबाले फर्काएका थिए । नकआउट चरणको खेलमा साविक विजेता बकैया पहिलो खेलमै बाहिरिएको छ । खेलको म्यान अफ दि म्याच हेटौंडा १ का गोलकिपर निश्चल दुलाल भएका छन् ।

आज पुस १० गतेदेखि १६ गतेसम्म संचालन हुने प्रतियोगितामा मकवानपुर जिल्लाका ७ गाउँपालिका, थाहा नगर र हेटौंडा उपमहानगरपालिकाका गरी २२ टिमको सहभागिता रहेको वी.पी. कपका कार्यक्रम संयोजक प्रदिप कंडेलले बताए ।

प्रतियोगितामा पहिलो टिमले नगद ५० हजार र रनिङ शिल्ड तथा दोश्रो हुने टिमले २५ हजार र शिल्ड पाउने छन् भने हरेक दिन म्यान अफ द म्याच हुने खेलाडी, वेष्ट प्लेयर, किपर, उत्कृष्ट डेफेण्डिङ्ग लगायतलाई नगद पुरस्ककार रहकाे छ। 

सिधाखवर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*