अबकाे जनगणना अन्तराष्ट्रिय स्तरकाे व्यवस्थित बनाउनुपर्ने: जिसस प्रमुख खुलाल

छहारी संवाददाता
पुस ११, २०७६

नेपालकाे जनगणना अन्तर्राष्ट्रिय स्तरको नमुना लायक व्यवस्थित बनाउन जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले अाग्रह गर्नुभएकाे छ ।

राष्ट्रिय जनगणना २०७८को तयारी सन्दर्भमा हेटौंडामा जिल्ला स्तरीय छलफल कार्यक्रममा बाेल्नुहुँदै खुलालले
१० वर्षको अन्तरालमा गरिने जनगणना संकलन गर्दा सबै क्षेत्र र पक्षहरु समेटिएर व्यवस्थित, मर्यादित र भरपर्दो बनाउनु पर्नेमा जोड दिनुभएकाे हाे ।

उहाँले कार्यक्रममा राष्ट्रिय जनगणना गणनामात्र लिएर हुदैंन त्यसबाट भएका उपलब्धीको सदुपयोग गर्नुपर्ने बताउनुहुँदै जनगणनाबाट देखिएका विविध सामाजिक, आर्थिक पक्षका समस्याहरु नियाल्दै सोही अनुरुप विकासका कामहरु लिएर समृद्ध नेपाल बनाउनु पर्ने वताउनुभयाे ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको अध्यक्षतामा भएको छलफल कार्यक्रममा हेटौंडा उपमहानगरका उपमेयर मिना कुमारी लामा, जिल्लामा रहेका विभिन्न मन्त्रालयका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा तथ्याङ्क कार्यालय मकवानपुरका प्रमुख तथ्याङ्क अधिकृत राजेश दासले जनगणनाको लागि तयार परिएको लक्ष्य, उद्देश्य, जनगणनामा प्रयोग गरिने विधि, योजना, तयारीका कार्यहरु, प्रचारप्रसारका योजना, प्रस्तावित प्रश्नावलीका विषयवस्तु, जनगणनाका सवाल, अवसर र चुनौतीको विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको विषय माथी विभिन्न सहभागिहरुले आफ्नो सुझाव राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*