३९ करोडमा प्रदेश ३ का सबै जिल्लामा औद्योगिक ग्राम स्थापना गर्ने तयारी

साना तथा लघु उद्योगलाई एकैठाँउमा सञ्चालन गर्न प्रदेश सरकारले यो वर्ष १३ जिल्लामा औद्योगिक ग्राम स्थापनाका लागि ३९ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले १३ जिल्लाका ६६ वटै प्रदेश निर्वाचन क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्ने तयारी गरेको मन्त्रालयका उद्योग अधिकृत हेम पाठकले बताउनुभयो ।
यो वर्ष १३ जिल्लाका एकएक वटा निर्वाचन क्षेत्रमा ३ करोडका दरले बजेत छुट्याएको पाठकले बताउनुभयो ।
औद्योगिक ग्राममा लघु तथा साना उद्योगहरु स्थापना हुने र सो उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार विकास गर्ने मँत्रालयको योजना छ ।
यो वर्ष वातावरणीय प्रभाव मुल्यांकन गरी औद्योगिक ग्राम बन्ने स्थानहरुमा बिद्युत र बाटोको बिस्तार गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्नै निरिक्षण अनुगमनमा औद्योगिक ग्राम स्थापना गर्ने बतार्ईएको छ ।







