२० करोड रुपैयाँमा ७ वटा हिल स्टेशन निर्माण हुँदै  

छहारी संवाददाता
पुस १०, २०७६

काठमाडौं उपत्यका बाहिरका जिल्लामा पर्यटन विकास गर्ने लक्ष्य सहित प्रदेश तीनको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ३ वटा हिल स्टेशन निर्माणका लागि टेण्डर प्रक्रिया सम्पन्न गरेको छ ।

प्रदेश तीनका रामेछापको मुडे, नुवाकोटको ककनी र मकवानपुरको चित्लाङमा हिल स्टेशन निर्माणका लागि मन्त्रालय अन्र्तगतको पर्यटन विकास आयोजनाले टेण्डर प्रक्रिया सम्पन्न गरेको हो ।

मन्त्रालयले यस बर्ष ७ वटा हिल स्टेशन निर्माण गर्ने उद्देश्यले २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रत्येक हिल स्टेशन निर्माण गर्दा तोकिएको स्थानमा एक भ्यु टावर, एक पर्यटकीय पार्क र एक प्रर्दशनी हल निर्माण गरिने प्रदेश तिनको पर्यटन विकास आयोजनाका सुचना अधिकारी द्रोणबिक्रम कार्कीले जानकारी दिनुभयो ।

प्रदेशले गत बर्ष काठमाडौं,  भक्तपुर र ललितपुर बाहेकका जिल्लामा नयाँ स्थानमा १० वटा हिल स्टेशन निर्माण गर्ने घोषणा गरेको थियो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*