पोल्ट्री व्यवसायका समस्या पहिचान गर्न कार्यदल गठन

छहारी संवाददाता
पुस १०, २०७६

प्रदेश तीनको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका पोल्ट्री व्यवसायमा बढ्दै गएका समस्या पहिचान गर्न कार्यदल गठन गरेको छ ।

व्यवसायीहरुको लागतको तुलनामा बिक्री मुल्य कम भइ व्यवसायी मारमा परेको गुनासो परेपछि व्यवसायी तथा किसानको समस्या बुझ्न बुधबार कार्यदल गठन भएको हो ।

बुधबार मन्त्रालयको आयोजनामा भएको पोल्ट्री व्यवसायीसँगको अन्र्तक्रियापछि मन्त्रालयका प्रबक्ता डाक्टर शरण कुमार पाण्डेको संयोजकत्वमा व्यवासायी सहितकौ १० सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलले पोल्ट्री व्यवसायमा भएका समस्याहरु पहिचान गरि १ महिनाभित्र प्रतिबेदन पेश गर्नेछ ।

कार्यक्रममा व्यवासायीहरुले सरकारले कुखुरा तथा अण्डाको किसानको र बजार मुल्य नतोकिदिदाँ बिचौलियाहरु सक्रिय भएको गुनासो गरेका थिए ।

यस्तै सरकारले पोल्ट्री व्यवसायको कारोबारमा अनुगमन नहुँदा समेत किसानहरु समस्यामा परेको कुखुरापालक कृषकहरुले बताएका छन् ।

कार्यक्रममा बोल्दै भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामाले प्रदेश तीन पोल्ट्री उत्पादनमा देशकै अग्रस्थानमा रहेकोले यससँग सम्बन्धित समस्या हल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्की, कृषि बिकास निर्देशनालका प्रमुख रबिन्द्र बहादुर प्रधान, पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालयका निमित्त निर्देशक डाक्टर हरि कुमार रघु श्रेष्ठ, नेपाल दाना उद्योग सँघका पुर्व अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराइ, नेपाल अण्डा उत्पादक सँघका अध्यक्ष शिवराम केशी, नेपाल कुखुरा पालक किसान सँघका अध्यक्ष झनक प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*