भारतको हस्तक्षेप अन्त्य नभए भारतीय भूमिमै धावा बोलीनेछः युवा विद्यार्थी नेताहरु

भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक,लिम्पियाधुरा सहितको भूभाग पारेको प्रति चौतर्फी विरोध भइरहेको छ ।
यसैक्रममा हेटौँडाका विद्यार्थीहरुले भारतीय विस्तारवाद, हेपाह प्रवृत्ति तथा अतिक्रमणकारी रबैया प्रति विरोध जनाउँदै तत्काल नक्सा सच्याउन सचेत गराएका थिए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)मा आवद्ध विद्यार्थीहरुले आज र्याली तथा कोणसभा आयोजना गरी विरोध प्रदर्शन गरेका छन् ।
र्यालीमा "गो व्याक इण्डिया, भारतीय सेना नेपाल छोड, खराब छिमेकी चाहिदैन–नेपाली भूमि मिच्न पाईदैन, हाम्रो भूमि हाम्रो देश प्राण भन्दा प्यारो छ" लगायतका नारा लगाउँदै भारतलाई गराइएको थियो ।
मकवानपुर बहुमुखी क्याम्पसबाट शुरु भएको र्याली मानसचोक हुँदै बजारको विभिन्न भाग परिक्रमा गरी बुद्धचोकमा आएर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले भारतले असल छिमेकीको भूमिका निभाउन छोडेर नेपाल प्रती गरेको व्यवहार अब सैह्य नहुने चनेतावनी दिनुभयो ।
भारत पागल बनोबृत्ति भएको छिमेकीका रुपमा दोखा परेको टिप्पणी गर्दै उहाँले भारतको हरेक रबैयामा कडा जवाफ दिन युवा तयार रहेको बताउनु भयो । उहाँले नेपाली युवाहरुको जोस भारतको विरुद्ध प्रयोग गर्न बाध्य नपारियोस् भन्दै पछाडी हट्न भारतलाई चेतावनी दिनुभयो ।
कार्यक्रममा अनेरास्ववियूका केन्द्रिया सदस्य पविना लामा, पुर्व जिल्ला अध्यक्ष किशोर टंडल लगायतले भारत पछि नहटे लिपुलेकमै पुगेर आफ्नो भूमि फिर्ता ल्याउने चेतावनी दिनुभयो । उहाहरुले भारतले नेपाल माथीको हस्तक्षेप नरोके भारतीय भूमिमा पनि नेपालीले धावा बोल्ने चेतावनी दिनुभएको छ ।
कार्यक्रममा मकवानपुर क्याम्पसका स्ववियु सभापति कुमार केसी, हेटौडा क्याम्पसका स्ववियु सभापति उमेश पुरी, निर्मल माविका स्ववियु सभापती श्याम कँडेल, पूर्व विद्यार्थी नेता श्रवण बर्तौला, लगायतकको आतिथ्यता रहेको थियो । कार्यक्रम अनेरास्वियूका पूर्व जिल्ला संयोजक किसन घिसिङको अध्यक्षता सम्पन्न भएको हो ।







