देशको लागि ज्यान आहुति दिनेहरुको सम्मान गर्दै शान्ति पार्क निर्माण गर्नुपर्छः जमकटेल

छहारी संवाददाता
कार्तिक २१, २०७६

प्रदेश तीनका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जमकटेलले स्थानिय तहहरुमा बन्ने संरचनाहरु दिर्घकालीन हुनु जरुरी रहेको बताउनु भएको छ ।

स्थानिय तहसँगको साझेदारीमा संचालन हुने कार्यक्रमको प्रस्तावित कार्यविधिमा अन्तर्क्रिया कार्यक्रमा उहाँले नेपालको वदलिदो स्वरूपलाई स्विकार्दै ठोस नीति बनाएर अघि बढ्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नभयो– 'नेपालको सन्दर्भमा शान्ति पार्कको महत्वपुर्ण पक्ष छ, ठुलो क्रान्ति पश्चात् आएको नेपालको वदलिदो स्वरूपलाई स्विकार्नुपर्छ, देशको लागि ज्यान आहुति गर्नेहरूको सम्मान गरि पार्क निर्माण गर्नुपर्छ ।'

२२ वटा स्थानिय तहलाई निम्तो गर्दा १० वटा स्थानिय तहमात्रै उपस्थित भएको प्रति मन्त्री जमकट्ट्लले असन्तुष्टि जनाउनुभयो ।

कार्यक्रममा स्थानिय तहमा शान्ति पार्क बनाउने अबधारण,सुरक्षा र न्यायीक समिति सन्चालनको लागी देखिएको चुनौतिको बारेमा छलफल भएको थियो ।

न्यायीक समितिको लागी भवन र पार्कको बनाउन  जग्गा खरीदको लागी समस्या रहेको जनप्रतिनिधिहरुले गुनासो गरेका थिए । सरकारी भाउमा जग्गा बिक्रिको लागी कुनै पनि स्थानिय तहहरुमा नागरीकहरु तयार नभएको जनप्रतिनिधिहरुले बताएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*