सार्वजनिक जग्गामा शान्ति पार्क निर्माण गर्न पाइन्छः मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
कार्तिक २१, २०७६

आफ्नो नगरपालिका भित्र रहेको सार्वजनिक जग्गामा शान्ति पार्क निर्माण गर्न पाउने प्रदेश तिनका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनु भएको छ । 

स्थानिय तहसँगको साझेदारीमा संचालन हुने कार्यक्रमको प्रस्तावित कार्यविधिमा अन्तर्क्रिया कार्यक्रमा स्थानिय जनप्रतिनिधिहरूले शान्ति पार्क वनाउनु आफैमा ठुलो उपलव्धि रहे पनि पार्क निर्माणमा जग्गाको अभाव रहेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले नगरभित्रको सार्वजनिक जमिनलाई उपयोग गर्न सामुदायिक वनकै सहकार्यमा रहेर पार्क निर्माण गर्नुपर्ने बताउनु भएको छ ।

उहाँले शान्ति पार्क वनाउन स्थानिय तहलाई जग्गा प्राप्त गर्न मुस्किल रहेको समस्या प्रति सरकार सम्वेदनसिल रहेको बताउदै निति निर्माण कार्यमा जग्गा खोजेर बस्ने हो भने कुनै पनि योजनाहरू सम्पन्न हुन नसक्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो– सार्वजनिक जमिनहरू वनसंग र नगरसंग सम्वन्धित हुन्छ जहाँ नीति निर्माणका काम गर्न हाल सरकारले सहजता कसरी हुन्छ भन्ने तर्फ ध्यान दिईरहेको छ र स्थानिय तहहरू समेत आफै सम्वन्धित निकायहरूसँग सहकार्य र समन्वय मार्फत अघि बढ्नुपर्छ तवमात्र योजना हरू सम्पन्न हुन्छन ।

१० बर्षे जनयुद्दमा सहादत प्राप्त गरेमा सहिदहरूको सम्झनामा प्रदेश तिनको करिव २२ वटा स्थानिय तहमा शान्ति पार्क निर्माण गर्ने योजना सहित तयार गरिएको कार्यविधि माथि छलफल गरको थियो ।

उक्त कार्यविधि अनुरूप प्रत्येक तहमा निर्माण हुने योजनाहरूमा प्रदेश तीन सरकारले निश्चित मोडेल, ढाँचा र योजना तय गर्ने र सोहि मोडेल अनुसार सबै तहमा पार्क, ध्यान केन्द्र, ईजलास कक्ष बनाउने भएको छ । 

कार्यक्रममा सैलुङको दुर्घटना सम्वन्धमा जनप्रतिनिधिहरूले ध्यानकर्षण गराउदा मुख्यमन्त्री पौडेलले सो सम्वन्धमा हालसम्म प्रदेश सरकारले ठोस नीति बनाई नसकेको र तत्काल उक्त विषयमा छलफल गरि निर्णय लिने समेत बताउनुभएको छ । 

कार्यक्रम प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश तिनका १० ओटा स्थानिय तहका जनप्रतिनिधिहरू , पत्रकारहरू लगायत करिव १०० जनाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*