प्रदेश तीनको उन्नतीका लागि सहकार्य गरी अघि बढ्न प्रतिबद्ध छुः प्रमुख प्रसाई

प्रदेश तीनका नवनियुक्त प्रमुख विष्णु प्रसाईले प्रदेशको उन्नतीका लागि सबैसंग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
आज हेटौडामा रहेको प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले संवैधानिक अधिकार भित्र रहेर प्रदेश तीनको उन्नतिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
आज दिउँसो २ बजे कार्यालय आइपुग्नु भएको प्रमुख प्रसाईलाई हेटौंडामा रहेको प्रदेश कार्यालयमा भव्य स्वागत गर्नुका साथै सलामी अर्पण गरिएको थियो ।
प्रमुख प्रसाईलाई प्रदेश तीनका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश तीनका सांसद, जनप्रतिनिधि, कर्मचारीहरु, सुरक्षा निकायका प्रमुख लगायतको टोलीले भव्य स्वागत गरेको थियो ।
यसअघि प्रमुख प्रसाइले राष्ट्रिपति बिद्यादेवी भण्डारीबाट हिजो सपथ ग्रहण गर्नु भएको थियो ।







