प्रदेश तीनमा प्राकृतिक प्रकोपले यसबर्ष भएको क्षतीको पूर्ण विवरण अझै छैन

प्रदेश तीनमा यसबर्ष प्राकृतिक प्रकोपका कारण भएको क्षतीको पूर्ण विवरण अझै छैन ।
प्रदेशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा हावाहुरीका कारण ३४ करोड भन्दा बढिको क्षति भएको तथ्याङक आए पनि यो पूर्ण भने होइन ।
प्राकृतिक प्रकोप आएको यतिका समय वितिसक्दा पनि प्रदेशका ६ वटा जिल्लाबाट अहिलेसम्म क्षतिको विवरण संकलन हुन सकेको छैन । ति जिल्लाहरुबाट विवरण आएपछि क्षतीको परिमाण अझै बढ्ने भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्र
देश तिनको सबै भन्दा बढि सिन्धुलिमा १८ करोड बराबरको क्षति भएको भुमि व्यवस्था, कृषि तथा सहकारि मन्त्रालयले जनाएको छ ।
यस्तै ललितपुरमा करिव १० करोड, काठमाण्डौमा ३ करोड धादिङमा १ करोड ३८ लाख , भक्तपुरमा १ करोड मकवानपुरमा २८ लाख र नुवाकोटमा १५ लाख बराबरको क्षति भएको मन्त्रालयको तथ्याङकमा छ।
क्षतीपुर्तिका लागि मन्त्रालसँग पर्याप्त बजेट नभएको र क्षती पुगेका कृषकहरुलाई सम्बन्धित बिमा तथा अन्य निकाय बिच समन्वय गराउने मन्त्रालयका प्रवक्ता शरण कुमार पाण्डेले बताउनुभयो ।
यस्तै प्रदेशमा ७२ लाख भन्दा बढीको पशुपन्छी क्षती भएको मन्त्रालयको तथ्याङकमा छ । ललितपुरमा ३३ लाख, काभ्रेपलाञ्चोकमा २१ लाख, चितवनमा ९ लाख, तथा रामेछापमा ७ लाख बराबरको पशुपन्छी मा क्षती पुगेको मन्त्रालयले जनाएको छ ।







