बहुप्राबिधिक महाविद्यालयको काममा आवश्यक सहयोग गर्न जिसस तयार छः प्रमुख खुलाल

छहारी संवाददाता
कार्तिक २०, २०७६

जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलालले बहुप्राबिधिक महाविद्यालय समयमै निर्माण सम्पन्न गर्न स्थानियले पनि सक्रिएता देखाउनु पर्ने बताउनु भएको छ ।

हेटौडा उपमहानगरपालिका ६ चित्रेपानीमा निर्माण हुन लागेको नेपाल–भारत बहुप्राविधिक महाविद्यालयको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख खुलालले एक पछि अर्को गर्दै विकासको बाटोमा अघि बढिरहेको सरकारलाई जनताको चासो र चिन्ताले अझ बल पुग्ने भन्दै सबैले आ–आफ्नो क्षेत्रबाट घच्घच्याउन आह्वान गर्नुभयो ।

कमजोरीहरुलाई सकारात्मक ढंगले आलोचना गर्दै अघि बढ्नु पर्ने बताउँदै उहाँले भन्नुभयो– "सरकारले सुरु गरेका महत्वपूर्ण योजनाहरु सम्पन्न भएपछि हामीले गर्व गर्न लाएकको मकवानपुर, गर्व गर्न लाएकको हेटौडा प्राप्त गर्नेछौं, त्यसको लागि हामी सबैको एकताबद्ध पहल हुनु जरुरी छ ।" 

प्रमुख खुलालले सबैले हिजोका कमजोरीहरुलाई सच्याउँदै विकास र सामाजिक उत्तरदायित्वको सवालमा सकारात्मक भूमिका खेल्न सके केही वर्षमै ऐतिहासिक मकवानपुर प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख खुलालले यो योजना अघि बढाउन आवश्यक पर्ने सबै खाले सहयोग गर्न जिल्ला समन्वय समितिले महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा भारतिय राजदुतावास काठमाण्डौका चार्ज डिअफेयर्स डाक्टर अजयकुमार, प्रदेश तीनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, प्रदेश सभाका सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, मकवानपुरका विभिन्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सरकारी कार्यालयका प्रमुखहरु लगायत सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*