संघियता आएकै कारण राम्रा कामको थालनी भएको होः सामाजिक विकासमन्त्री दुलाल

छहारी संवाददाता
कार्तिक २०, २०७६

प्रदेश तीनका सामाजिक विकासमन्त्री युवारज दुलालले हेटौंडामा निर्माण हुन लागेको बहुप्राबिधिक महाविद्यालय नेपाल–भारत दुबै देशका बिद्यार्थीहरुका लागि उपयोगी हुने वताउनु भएको छ ।

आज हेटौडा ६ चित्रेपानीमा निर्माण हुन लागेको महाविद्यालयको शिलान्यास कार्यक्रममा उहाँले दुबै देशका विद्यार्थीलाई प्राबिधिक शिक्षा लिन उपयोगि हुने वताउनु भएको हो ।

भारतिय लगानीका धेरै परियोजना मध्ये यो काम महत्वपूर्ण भएको मन्त्री दुलालको भनाई छ । विकासका लागि संघियता आउनै पर्ने वताउँदै उहाँले मुलुकमा संघियता आएकै कारण राम्रा राम्रा कामको थालनी भएको बताउनुभयो ।

कार्यक्रममा भारतिय राजदुतावास काठमाण्डौका चार्ज डिअफेयर्स डाक्टर अजयकुमार, प्रदेश तीनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, प्रदेश सभाका सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, मकवानपुरका विभिन्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सरकारी कार्यालयका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*