एक वर्षमा काम सक्नुस् प्रदेश सरकारले पुरस्कृत गर्छः मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
कार्तिक २०, २०७६

प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौडा ६ चित्रेपानीमा बन्न लागेको बहुप्राविधिक महाविद्यालयमा प्रत्येक वर्ष २ हजार ५ सय प्राविधिक उत्पादन हुने विश्वास व्यक्त गर्नु भएको छ ।

नेपाल–भारत बहुप्राविधिक महाविद्यालयको आज शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रविधिक शिक्षालाई महत्व दिनुपर्ने सरकारको नीति अनुसार नै काम गर्न लागिएको बताउँदै यस महाविद्यालयमा विभिन्न ४ प्राबिधिक विषयमा पढाई हुने जानकारी दिनुभयो ।

उहाँले समयमा काम हुन नसकेका कारण २२ वर्षदेखि अलपत्र परेको यो प्रोजेक्ट जती सक्दो चाँडो सक्न ठेकेदार कम्पनिलाई आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो – 'निर्माण सम्पन्न गर्ने अवधी २ वर्षको छ, तर १ वर्षमा काम सकेर देखाउनुस् प्रदेश सरकाको तर्फबाट ठुलो पुरस्कार पाउनुहुनेछ ।' 

मुख्यमन्त्री पौडेलले अब आफैले निर्माणको काममा निगरानी गर्ने समेत बताउनु भएको छ । उहाँले भन्नुभयो– 'काममा ढिला सुस्ती म आफै हुन दिन्न । बिहान, बेलुकोका समय मिलाएर निगरानी म आफै गर्छु ।'

गौरिटारको रंगशाला र यो महाबिद्यालय एकै पटक निर्माण गर्ने गरी काम गर्नु पर्ने मुख्यमन्त्री पौडेलले भनाइ छ । विसं २०५४ मा हेटौँडा नगरपालिकाका तत्कालीन नगरप्रमुख तथा वर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा निर्माण प्रक्रिया प्रारम्भ भएको २२ वर्षपछि बहुप्राविधिक महाविद्यालयको आज शिलान्यास भएको हो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*