नेपाल–भारत बहुप्राविधिक महाविद्यालयको शिलान्यास (तस्विरहरु)

दुई दशक अघि देखेको सपना साकार हुने दिशामा
छहारी संवाददाता
कार्तिक २०, २०७६

प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल–भारत बहुप्राविधिक महाविद्यालयको आज शिलान्यास गर्नु भएको छ ।  

२२ वर्षअघि अघि भारत सरकारको सहयोगमा निर्माण हुने भनी सहमति भए पनि निर्माण हुन नसकेकोे महाविद्यालयको आज एक भव्य कार्यक्रमका बिच शिलान्यास गरिएको हो।

भारतिय राजदुतावास काठमाण्डौका चार्ज डिअफेयर्स डाक्टर अजयकुमारको उपस्थितीमा शिलान्यास भएको हो ।

हेटौँडा–६ स्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा रहेको करीब २५ बिघामा बन्न लागेको भवन भारत सरकारको ५८ करोड ४४ लाख रुपैयाँ सहयोगमा दुईवर्ष भित्रमा सम्पन्न गर्ने योजना छ ।

विसं २०५४ मा हेटौँडा नगरपालिकाका तत्कालीन नगरप्रमुख तथा वर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा निर्माण प्रक्रिया प्रारम्भ भएको २२ वर्षपछि बहुप्राविधिक महाविद्यालयको शिलान्यास भएको हो

महाविद्यालय निर्माणको प्रयास थालेको १२ वर्षपछि माधवकुमार नेपाल सरकारको पालामा विसं २०६६ फागुन ४ गते तत्कालीन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकका रुपमा भारतीय लगानीमा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।

महाविद्यालयमा भारतीय अनुदानको रु ६४ करोड लागतमा २६ वटा सुविधा सम्पन्न भवन, खेलमैदान, कक्षा कोठा, प्रयोगात्मक कक्षा वर्कशप प्लेस, छात्रावास तथा आवासका लागि आवश्यक भवन निर्माण हुने जनाइएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*