भ्रमण वर्ष २०२० सफल पार्न बह्य तथा आन्तरिक पर्यटनलाई बढावा दिइने

सहिद स्मारक विकास समिति हेटौंडाले अनन्त पौडेलको संयोजकत्वमा भ्रमण बर्ष २०२० प्रबद्र्धन समिति गठन गरेको छ ।
प्रबर्द्धन समिति मार्फत सहिद स्मारक सम्बन्धि विभिन्न जानकारी मूलक प्रचारप्रसार गर्दै बाह्य तथा आन्तरिक पर्यटनलाई बढावा दिने कार्य गरिने संयोजक पौडेलले जानकारी दिनुभयो ।
स्मारक समितिको आज बसेको पहिलो बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो ।
आजको बैठकले रजत जयन्ती समारोह समिति, भौतिक पूर्वाधार निर्माण समिति, प्रचारप्रसार समिति, शहीद अध्ययन तथा अनुसन्धान केन्द्र व्यवस्थापन समिति, वातावरण तथा सरसफाई समितिका लागि पनि संयोजक चयनगरेको छ ।
गत कार्तिक १६ गतेको १३ औं परिषद बैठकबाट निर्वाचित समितिको आज बसेको पहिलो बैठकले सो निर्णय गरेको प्रचारप्रसार समितिका संयोजक नवीन सिग्देलले जानकारी दिनुभयो ।
स्मारक समितिले करीब ४ लाख आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको जानकारी गराएको छ । शहीद स्मारकसँग जिल्लाका विभिन्न धार्मिक, ऐतिहासिक क्षेत्रलाई जोड्न सकेमा समग्र जिल्लाले फाईदा लिन सक्ने हुनाले यस तर्फ शहीद स्मारक व्यवस्थापन समितिले आफ्नो कार्य योजना बनाएको भताइएको छ ।
प्राकृतिक बन क्षेत्र भित्र करीब २५ बर्ष अगाडी निर्माण थालिएको सो स्मारक क्षेत्रमा पछिल्लो समय बनभोज, सामुदायिक वनको अध्ययन भ्रमण तथा विदाको सदुपयोगका लागि सर्वसाधारणहरु आउने गरेका छन् ।







