नारी संरक्षण केन्द्र मकवानपुरद्वारा ६० जना बालबालिकालाई स्टेसनरी वितरण

छहारी संवाददाता
कार्तिक १८, २०७६

नारी संरक्षण केन्द्र मकवानपुरले ग्रामिण समुदायका कक्षा १ देखि १२ सम्म अध्ययनरत ६० जना बालबालिकालाई स्टेसनरी वितरण गरेको छ । 

फ्रेण्डस् अफ डब्ल्यू.पि.सी. नेपालको आर्थिक सहयोगमा केन्द्रले  वार्षिक रुपमा प्रदान गर्ने छात्रावृत्ति कार्यक्रम अन्तर्गत दोश्रो चरणमा स्टेशनरी वितरण गरेको हो । 

केन्द्रकी अध्यक्ष दिपा कुमारी गुरुङको अध्यक्षता एवम हेटौँडा उपमहानगरपालिकाको उप प्रमूख मिना लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । 

ग्रामिण समुदायका कमजोर आर्थिक अवस्था तथा बेचविखन र बालविवाहको जोखिममा रहेका बालबालिकाको पहिचान गरी कक्षा १ देखि १२ सम्मको लागी निरन्तर सहयोग गर्ने गरी छात्रावृत्ति प्रदान गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*