छठ पर्वले तराई र पहाडबीच आपसी सद्भाव बढाएको छ: मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
कार्तिक १७, २०७६

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले छठ पर्वलाई जाती र सम्प्रदाय विशेषको मात्र चाड नभनी साझा पर्वको रुपमा लिएको बताउनुभएको छ । 

संबिद्यानमा सबै चाडपर्वलाई समान हैसियत प्रदान गरेकोले अब सबैखाले पर्ब साझा पर्व भएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले छठ पर्वले सबै समुदायका मानिसहरुमा मानविय भाव र सद्भाव बढाउँदै गएको भन्दै यसले तराई र पहाडबीच आपसी सद्भाव बढाउने काम गरेको बताउनुभयो । 

 छठ पर्वको औपचारिक उद्घाटन पश्चात मुख्यमन्त्री पौडेलले छठीमाता र सुर्यको पुजा आराधाना समेत गर्नुभयो ।

सूर्यको पुजा गरेर मनाइने छठ पर्वका लागि हेटौंडाको राप्तिखोलामा ६ सय फिटको पण्डाल हालिएको छठ पर्व मुल समारोह समितिका सचिब नन्दलाल दासले  बताउनुभयो ।

छठपर्वमा ५० हजार  मानिसले अवलोकन गर्ने अनुमान गरिएको दासले बताउनु भयो । पछिल्लो समय छठ हेर्न हरेक समुदायका व्यक्तिहरु जाने गर्दछन् ।

मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्य उपासनाको परम्परा एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा पनि गरिने गरिन्छ ।

मानव सभ्यताको विकास नदी किनारबाट भएको र यसको जगेर्ना गर्ने मानिएको सूर्यको आराधनाले आपसी सद्भाव, एकता र सहिष्णुताको सन्देश छठ पर्वले दिने जनविश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*