क्रशर उद्योगहरुको अनुगमनलाइ निरन्तरता

जिल्ला समन्वय समिति नेतृत्वको टोलीले मकवानपुरमा सञ्चालित क्रसर उद्योगहरुको अनुगमनलाइ शनिबार पनि निरन्तरता दिएको छ ।
जिसस प्रमुख रघुनाथ खुलालको नेतृत्वमा रहेको संयुक्त अनुगमन टोलीले आज भिमफेदि गाँउपालिका १ र मकवानपुर गढी गाँउपालिका वडा नम्बर ५ मा रहेका ३ वटा क्रसर उद्योगहरुमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा क्रसर उद्योगहरु आफ्नै जग्गामा सन्चालीत भए पनि तार जालि नलाएको, मुल्य सुचि नभएको पाइएको छ ।
अनुगमनको क्रममा जिसस प्रमुख खुलालले क्रसर उद्योगहरुलाइ आफ्नो लालपुर्जा गाँउपालिकामा पेश गर्न आग्रह गर्नु भयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी प्रेम राज जोशिले एक महिना भित्र क्रसरमा देखिएका कमजोरी हटाउन निर्देशन दिनु भएको छ । साथै बातावरण संरक्षणमा समेत ध्यान दिन जोशिले आग्रह गर्नु भयो ।
भिमफेदी गाँउपालिका १ मा संचालित सगरमाथा रोडा उद्योग, मकवानपुरगढी गाँउपालिकामा रहेको साइबाबा क्रसर उद्योग र आम भन्ज्याङ एग्रीगेट इन्ड्रष्ट्रिजमा अनुगमन गरीएको थियो ।
अनुगमनमा जिल्ला समन्वय समिति उप प्रमुख भगवति पुडासैनि ,जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी यज्ञप्रसाद भट्टराई, शसस्त्र प्रहरी वल हेटौडाका प्रमुख बिकास घिमिरे , मकवानपुर गढी गाउपालिका अध्यक्ष बिदुर हुमागाँइ लगायतकाको उपस्थीति रहेको थियो ।







