एक महिना भित्र मापडण्ड पुरा नगरे मकवानपुरका क्रसर उद्योगहरु बन्द हुने (तस्विरहरु)

छहारी संवाददाता
कार्तिक १६, २०७६

मनहरी गाँउपालिका तथा हेटौडा उपमहानगरपालीका वडा नम्बर १९ मा रहेका अधिकासं क्रसर उद्योग तथा बालुवा प्लान्ट मापडण्ड बिपरीत चलेको पाइएको छ ।

मापडण्ड बिपरीत चलाइएका क्रसर तथा बालुवा प्रसोधन केन्द्रलाइ केहि समय अघिको अनुगमनको क्रममा सच्चीन निर्देशन दिइए पनि अटेर गरेको आज जिल्ला समन्वय समिति मकवानपुरको संयोजकत्वमा भएको संयुक्त अनुगमनको क्रममा  देखिएको हो ।

अनुगमनका क्रममा मापदण्ड विपरित संचालित नदिजन्य पदार्थको उत्खनन् कार्य गरिरहेका सम्पुर्ण क्रसर तथा वालुवा प्लान्टहरूलाई सार्वजनिक जमिन माथिको अतिक्रमण रोक्न, आफ्नो तोकिएको क्षेत्रफलमा तारजालि गरेर घेर्न जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले निर्देशन दिनु भएको छ ।

सार्बजनिक स्थानमा रहेका क्रसर तथा बालुवा प्लान्टले वडामा कर तिरे पनि ठाँउ नछुट्याउदा सार्बजनिक जग्गा दोहन भएको भन्दै खुलालले मापदण्ड पुरा नगरे १ महिना पछि उद्योग नै बन्द गराउने चेतावनी दिनुभयो ।

मनहरी पुल छेउमा रहेको अशोक बालुवा उद्योग, चतुर्मुखी क्रसर उद्योग, जनसेवा क्रसर उद्योग र ज्यामिरेको स्वस्तिक क्रसर उद्योग  लगायतकोे अनुगमन गरेको हो ।

मनहरीमा रहेका केहि क्रसर उद्योगले नदि जन्य पर्दाथ उत्खनन गरी ठुला ठुला खाल्डाखुल्डी बनाएको, पटक पटकको आग्रहलाई अटेर गरेको भन्दै प्रमुख जिल्ला अधिकारी प्रेमराज जाेशिले अब कारवाहीको दायरामा ल्याइने बताउनुभयो ।

केहि समय अघि पनि मापदण्ड पुरा गर्न आब्हन गर्दा समेत अटेर गरेकाले अब १ महिना भित्र नसुध्रिय बिद्युत लाइन समेत काटी उद्योग बन्द गरीने जाेशिले चेतावनी दिनुभयो । अब यो ज्यादती अन्त्य गर्न कडाईका साथ नियमन गरिने खुलालले बताउनुभयो ।

यता हेटौडा वडा नम्बर १९ मा रहेका क्रसर उद्योगहरुले पनि आफ्नो जग्गा तार जालि नगरी, जग्गा सिमाङकन नगरी उद्योग सन्चालन गरेको पाइएको छ । यद्यपी छिटै उद्योगीहरुसंग समन्वय गरी सिमाङकन गरीने १९ नम्बर वडा अध्यक्ष नरनाथ सुबेदी नवराजले बताउनु भयो ।

अनुगमनमा जिल्ला समन्वय समितिका उपप्रमुख भगवति पुडासैनी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी यज्ञ प्रसाद भट्टराई, शसस्त्र प्रहरी वल हेटौडाका प्रमुख बिकास घिमिरे, मनहरि गाउपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट लगायत पत्रकारहरुको उपस्थीति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*