साहरूख खानले बचाए ऐश्वर्य रायकि म्यानेजरलाई

छहारी संवाददाता
१३ कार्तिक २०७६, बुधबार २३:१४

ऐश्वर्या राय बच्चनकी म्यानेजर अर्चना सदानन्दको लेहंगामा लागेकाे आगो निभाएर साहरूख खानले ठुलाे दुर्घटना हुनबाट बचायका छन ।

अमिताभ बच्चनले दुई वर्षपछि आफ्नो घरमा दीपावलीको पार्टी राखेका थिए । बच्चन परिवारको दीपावली पार्टीमा बलिउडका चर्चित कलाकारहरु सहभागी थिए । चर्चित कलाकारहरु सहभागी भएको यो पार्टीमा एक प्रिय घटना भयो ।

सदानन्द अाफ्नाे छाेरिसंग अागनमा थिईन साेहि बेला एक्कासि उनकाे लेहेङ्गामा अागाे सल्कियो । शाहरुख खान तुरुन्तै अर्चना भए तिर आए र उनले आफ्नो ज्याकेटको मद्दतले आगो निभाउने प्रयास गरे

यो घटनालाई फराह खानले कन्फर्म गरेकी छन् । उनले इन्स्टाग्राममा अर्चना सदानन्दको लेहंगामा आगो लागेको तस्बिर शेयर गरेकी छन् ।

अर्चना सदानन्दको लेहंगामा दियोबाट आगो सल्केको थियो । शाहरुख खानले उनलाई ठूलो दुर्घटनाबाट बचाए । प्राप्त खबर अनुसार शाहरुख खान अर्चनाको लेहंगामा सल्केको आगो निभाउन पुगेका थिए ।

आगो निभाउन पुगेका शाहरुख खानलाई समेत सामान्य चोट लागेको बताइएकाे छ । अर्चना अहिले नानावटी अस्पतालमा भर्ना भएकी छन् । उनलाई आइसीयुमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*