नेपाल सांस्कृतिक संघको राष्ट्रिय प्रशिक्षण भेला हेटौडामा जारी

नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक संघको जिल्ला सभापतिहरु एवं विधागत संघका सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेला हेटौडामा जारी छ । भोली सम्म चल्ने भेलामा ७७ वटै जिल्लाका सभापति र विधागत संघका १० जना सभापतिहरु उपस्थित छन् ।
स्रष्टा, संस्कृतिकर्मीहरुको सुरक्षा, सम्मान र पहिचानका लागि सांस्कृतिक संघको सभापतिहरुको भेला आयोजना गरिएको संघका केन्द्रीय सभापति तीर्थबहादुर थापाले जानकारी दिए । भेलालाई कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गदै हुनुहुन्छ ।
कार्ययक्रममा सभापति देउवासहित महामन्त्री डा। सशांक कोइराला, सह महामन्त्री प्रकाशशरण महत, नेता प्रकाशमान सिंह, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना लगायतका केन्द्रीय नेताहरुको उपस्थिती रहेको छ ।
भेलाको माध्यमबाट गाउँ, नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रस्तरीय सांगठनिक संरचनालाई अझ गतिशील र रचनात्मक बनाउन सघाउ पुग्ने आयोजकको विश्वास छ । कार्यक्रममा कांग्रेसका केन्द्रीय नेतासहित विशिष्ट कलाकारहरुको समेत उपस्थिती रहको आयोजक नेपाल सांस्कृतिक संघका महामन्त्री शिवशंकर रिजालले जानकारी दिनुभयो ।







