रातोमाटेबाट ५४ किलो गाँजा सहित २ जना पक्राउ

छहारी संवाददाता
जेष्ठ ३१, २०७६

हेटौंडा–१५ रातोमाटेबाट प्रहरीले आज ५४ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

प्रहरीले ना ३ ख ५३४० नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका २ बस्ने २८ वर्षका रोहित श्रेष्ठ र भारत रक्सौल बस्ने ४४ वर्षका संजय महतो रहेका छन् । श्रेष्ठ ट्रकको साहु र महतो गाँजा कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मकवानपुर प्रहरीले जनाएको छ ।

वीरगञ्ज पुर्याएको ५० हजार भाडा तोकेर मनहरीबाट गाँजा लोड ल्याएको प्रहरीसँगको बयानमा उनीहरुले बताएका छन् ।

ट्रकको अगाडी पट्टिको सिलिङमा फल्स बटम बनाई दुई वटा बोरामा २७ वटा प्लास्टिकले बेरिएको पोकामा बनाइ गाँजा ल्याएको थियो । दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*