बकैयामा मोटरसाइकलले ठक्कर दिंदा बालिका गम्भिर घाइते

मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ४ मा मोटरसाईकलको ठक्करबाट २ जना घाइते भएका छन् ।
अपाचेको अनटेस्ट मोटरसाइकलले स्थानीय पैदलयात्री ११ वर्षकी पुरुषा गौतमलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक बकैया ५ का सुनिल कठायतसमेत घाईते भएका छन् । पुरुषाको अवस्था गम्भिर रहेको बताइएको छ भने चालको खुट्टा भाचिएको बताइएको छ ।
बकैयाको श्रीपुरबाट गरगरे जाँदै गरेको अनटेस्ट मोटरसाईकले गौतमलाई ठक्कर दिएको हो ।







