प्रदेश तीनमा बालबिवाह रोक्न साझा प्रतिवद्धता (प्रतिबद्धतामा के छ पुरा पढ्नुहोस्)

छहारी संवाददाता
जेष्ठ ३१, २०७६

प्रदेश तीनको समन्वय परिषद्को दोस्रो बैठकमा विक्रम सम्वत् २०७८ सम्ममा बालविवाह मुक्त प्रदेश र विक्रम सम्वत् २०८० सम्ममा सवै स्थानीय तहहरुलाई बालमैत्री घोषणा गर्ने साझा प्रतिवद्धता व्यक्त गरिएको छ ।

बिहिबार सकिएको बैठकबाट प्रदेश सरकार र स्थानीय सरकार बीच आपसी सहकार्य एवम् समन्वय मार्फत बालविबाह मुक्त प्रदेश र सवै स्थानीय तहहरुलाई बालमैत्री घोषणा गर्न साझा प्रतिवद्धता पत्रमा हस्ताक्षर भएको हो ।

यद्यपी भर्खरै मकवानपुरको राक्सीराङ गाउँपालिकामा बालविवाह गर्ने १३ वर्षकी एक बालिकाको उद्धार गरिएको छ । उनको सोही गाउँपालिकामा १६ वर्षका बालकसंग बिवाह भएको थियो ।

यसैबीच् प्रदेश मै सवैभन्दा बढी राक्सीराङ गाउँपालिकामा बालविवाह हुने गरेको र यसको रोकथाम गर्नु अत्यन्तै चुनौती पूर्ण रहेको राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनु भएको छ । उहाँले भन्नुभयो – 'बालविवाह हुने स्थानमा राक्सीराङ गाउपालिका १ नम्बरमा पर्दछ, ।'

बाविवाह नरोकीनुको मुख्य कारण गरिबि, अशिक्षा रहेको समेत उहाँले बताउनुभयो । बालविवाहा अन्त्य गर्न अझै ५, ६ वर्ष लाग्न सक्ने भन्दै उहाँले बालविवाह गराउन अभिभावकको समेत मिलेमतो रहने गरेको बताउनुभयो ।

जबसम्म बालविवाह हुन नदिुनु आफ्नै लागि फाइदाको कुरा हो भन्ने भावना मानिसमा जागृत हुन सक्दैन तबसम्म समस्या यथावत रहने मल्लको भनाई छ ।

सामाजीक विकास मन्न्त्रालय अन्तरगत मकवानपुर सहजकर्ता पविना लामाले बालविवाह रोक्ने अभियानमा मुख्यमन्त्रीले समेत साथ दिने प्रतिबद्धता व्यक्त गर्नु भएको बताउनुभयो ।

गरिबि, अशिक्षा, रहनसहनमा परिवर्तन आउन समय लाग्ने भन्दै लामाले भन्नुभयो– 'तर असम्भव भन्ने कुरा केही छैन, हामी गर्छौ, बाटोको ट्रयाक भर्खरै खुल्दै छ ।'

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*