प्रदेश तीन सरकारले आगामी आर्थिक वर्षको बजेट असार १ गते ल्याउँदै

छहारी संवाददाता
जेष्ठ ३१, २०७६

प्रदेश तीनको प्रदेश सभा बैठक आजबाट सुरु हुँदैछ । दिउसो २ बजेका लागि बैठक बोलाईएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश तीन सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट भने असार १ गते प्रदेश सभामा प्रस्तुत गर्नेछ । सबै पक्षलाई समेट्ने गरी बजेट ल्याउन लागिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभयो ।

उहाँले आर्थिक वर्ष ०७६र०७७ को लागि प्रदेश सरकारले प्रदेशमा भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको आयोजना, गरिबी निवारण गर्ने आयमुलक कार्यक्रम ल्याउने, पर्यटन क्षेत्रको विकास गरिने, जैविक विविधता, वातारण सुधार एवम् पोष्टबहादुर बोगटी हेटौँडा कुलेखानी जोड्ने सुरुङ्मार्गलाई निर्माण गर्ने लगायत अन्य पूर्वाधारलाई समेट्ने खालको बजेट ल्याइने बताउनुभयो ।

बजेटका लागि आर्थिक मामिला मन्त्रालयका कर्मचारी दिनरात नभनी खटिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*