अनिवार्य भ्याटमा दर्ता हुनु पर्ने व्यवस्था प्रती कपडा तथा सिलाई व्यवसायीको आपत्ती

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघले आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापन पत्र बुझाएको छ ।
सरकारले ल्याएको बजेटमा आपत्ती जनाउँदै देशैभर ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत महासंघले आज मकवानपुरमा पनि ज्ञापन पत्र बुझाएको हो ।
बजेटमा कपडा तथा सिलाई व्यवसायीले अनिवार्य रुपमा भ्याटमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको प्रती आपत्ती जनाउँदै महासंघले ज्ञापन पत्र बुझाएर सरकारको ध्यानाकर्षण गराएको हो ।
महासंघका मकवानपुर अध्यक्ष नारायण सिं थिङले सरकारले ल्याएको निति तत्काल लागू भए धेरैले व्यावसाय बन्द गर्नुपर्ने अवस्था आउने भन्दै निणर्य सच्चाउन सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो ।
उहाँले साना व्यावसायीको मार्का सरकारले बुझ्नेमा विश्वस्त रहेको समेत वताउनु भएको छ ।







