कांग्रेस सभापति देउवा शुक्रबार हेटौडा आउँदै

छहारी संवाददाता
जेष्ठ ३१, २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार हेटौंडा आउनु हुने भएको छ ।

हेटौडामा भोली र पर्सि २ दिन नेपाल सास्कृतिक संघ केन्द्रीय समितिको आयोजनामा कांग्रेस सम्बद्ध सांस्कृतिक संघ तथा बिद्यागत संघका सभापतिहरूको प्रशिक्षण भेला हुन लागेको छ ।

भेलालाई संबोधन गर्न देउवा हेटौंडा आउन लाग्नु भएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । दिउँसो १ बजे हेटौडा ४ मा रहेको सामना होटलमा हुने कार्यक्रम हुने छ।

कार्यक्रममा ७७ वटै जिल्लाका प्रतिनिधिहरुको सहभागीता रहने आयोजक नेपाल सास्कृतिक संघ केन्द्रीय समितिले जानकारी दिएको छ ।

भेलामा महामन्त्री डा. सशांक कोइराला, सह महामन्त्री प्रकाशशरण महत, नेता प्रकाशमान सिंह, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना लगायतका केन्द्रीय नेताहरुको उपस्थिती रहने छ।

भेलाको माध्यमबाट गाउँ, नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रस्तरीय सांगठनिक संरचनालाई अझ गतिशील र रचनात्मक बनाउन सघाउ पुग्ने आयोजकको विश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*