प्रदेशले चाहेर पनि स्थानीय सरकारको अधिकार कटौती गर्न सक्दैनः शालिकराम जम्कट्टेल

प्रदेश तीनका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले तीनै तहको सरकार संबिधान भन्दा माथी नरहेको बताउनुभएको छ ।
हेटौँडामा जारी प्रदेश समन्वय परिषदको दोश्रो बैठकमा बाल्दै दमन्त्री जम्कट्टेलले स्थानीय र प्रदेश सरकारका बिचमा समन्वय भए मात्र अघि बढ्न सकिने बताउनुभयो ।
प्रदेश तह र स्थानीय तहका कानुनमा कुनैपनि समस्या भएमा हरेर काम गर्नका लागि आग्रह गर्दै उहाँले सुरक्षा क्षेत्रमा बजेट छुट्याएर काम गर्नका लागि आग्रह समेत गर्नुभएको छ ।
प्रदेश सरकारले चाहेर पनि स्थानीय सरकारको अधिकार कटौती गर्न नसक्ने बताउनुभयो । संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले अधिकारलाई आ—आफ्नो ढंगले आफुलाई बुझदा समस्या भएको बताउनुभयो ।
प्रदेशसभा सांसदहरुलाई स्थानीय सरकारले सहकार्य गरेन भन्ने गुनासो आएको भन्दै उहाँले सबै सरकारले सहकार्य गरेमात्र सरकार सफल हुने बताउनुभयो ।







