प्रदेश तथा स्थानीय सरकारसंग साझा सहकार्य भए मात्र सरकार सफल हुन्छः मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
जेष्ठ २९, २०७६

प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले देशमा ठूला ठूला परिवर्तन भए पनि व्यक्तिको आचरण परिवर्तन हुन नकसेको बताउनु भएको छ ।

हेटौँडामा जारी प्रदेश समन्वय परिषदको दोश्रो बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सामाजिक र आर्थिक परिवर्तनका लागि व्यक्ति स्वयमले आफ्नो भूमिका के रह्यो भनेर मुल्याङकल गर्नुपर्ने औंल्याउनुभयो । उहाँले भन्नुभयो–'परिणाम सुन्य हो भने हाम्रा नारा काम छैन ।'

समिक्षा र मुल्याङकल गर्नु पर्ने हिजो कै शैलि र प्रकृया अवलम्बन गर्दै जाने हो भने समृद्धिको गन्तव्यमा पुग्न नसकिने मुख्यमन्त्री पौडेलको भनाई छ । उहाँले भन्नुभयो–'हामी जसरी परिवर्तनका संवाहक हौं भनेर लागेका छौं त्यही ढंगले परिवर्तनको बाटो पहिल्याउन सकेक छैनौं । हाम्रो भूमिका सम्बन्धमा समेत अन्यौलता रहेको छ ।'

मुख्यमन्त्री पौडेलले स्वतन्त्र छौं भन्दै कसैलाई सम्मान र कसैलाई वेवास्ता गर्न नहुने भन्दै प्रदेश तथा स्थानीय सरकारसंग साझा सहकार्य भए मात्र सरकार सफल हुने बताउनुभयो ।

उहाँले केन्दसंग प्रदेशले, प्रदेशसंग स्थानिय तहले सहकार्य गरी अघि बढ्नुपर्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो–'मेरो भन्ने भावनाबाट माथी उठेर हामी भन्ने भावना जागृत हुनुपर्छ, सरकारका तिनै अंग एकै रथका दुइ पांग्रा हुन् तर सबैको कार्यदिशा भने फरक फरक भएर गइरहेको छ ।'

प्रदेशका योजना नपरेका स्थानमा स्थानिय तहले योजना पार्नुपर्ने भन्दै उहाँले स्थानिय तहमा प्रदेशका निति योजना नमान्ने अहमता रहेको टिप्पणी गर्नुभयो ।

स्थानिय तहमा विकराल समस्या रहेको भन्दै मुख्य मन्त्री पौडेलले जसलाई एकै पटक समाधान गर्न खोज्ने हो भने झनै समस्या बढ्ने तर्फ सचेत गराउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*