प्रदेश तीनको समन्वय परिषद बैठक हेटौंडामा सुरु

छहारी संवाददाता
जेष्ठ २९, २०७६

प्रदेश तीनको प्रदेश समन्वय परिषदको दोस्रो बैठक आज हेटौंडामा सुरु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको आयोजनामा सुरु भएको बैठक भोली सम्म चल्ने छ । बैठकमा प्रदेश भरीका एक सय १९ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु सहभागि छन् । परिषद बैठकको उद्घाटन् मुख्यमन्त्री डोरमणि पौडेलले गर्नुभएको हो ।

कार्यक्रममा प्रदेशको आवधिक योजना सम्बन्धमा प्रदेश र स्थानीय तहबीचको पारस्परिक अन्तर सम्बन्ध र जवाफदेहिताका बिषयमा नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले प्रस्तुतीरकण गर्नुभयो ।

बैठकमा संघियताको सवलीकरणका लागि स्थानीय तह र प्रदेश बीच नीतिगत तथा कार्यगत अन्तरसम्बन्ध र रणनीतिगत साझेदारीका बिषयमा प्रस्तुतीकरण, बालबिवाह मुक्त प्रदेश घोषणा अभियान, प्रदेश तहले स्थानीय तहको लागि बनाउनुपर्ने कानुनको पालना, पारस्पिरिक अन्तरसम्बन्ध लगायतका विषयमा छलफल केन्द्रीत रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*