माइतीघर मण्डलाको घटनामा सरकारले लियो जिम्मेवारी
गुठीसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयकका विषयलाई लिएर काठमाडौँको माइतीघर मण्डलमा गएको आइतबार भएको घटनाको जिम्मेवारी सरकारले लिएको छ ।
गृहमन्त्री रामबहादुर थापाले घटनाबारे आज संसदलाई जानकारी दिँदै उक्त घटनाको सरकारले नैतिक जिम्मेवारी लिएको जानकारी गराउनुभयो ।
माइतीघर मण्डलमा भएको उक्त घटनाबारे छानबीन गर्न सरकार तयार रहेको बताउँदै गृहमन्त्री थापाले पानीको फोहरा प्रयोग गरेर सार्वजनिक आवागमन खोल्न प्रयास भइरहेका बेला प्रदर्शनकारीको ढुंगा र इँटा प्रहारबाट सुरक्षाकर्मी घाइते भएपछि सामान्य बल प्रयोग गरी आन्दोलनकारीलाई नियन्त्रणमा लिई सोही दिनै रिहाइ गरिसकिएको जानकारी दिनुभयो । सिआइएन







