माग र आपूर्तिबीचको खाडलले गर्दा मलको अभाव, मकवानपुरको कुन गाउँपालिकालाई कती मल वितरण ! (पुरा पढ्नुहोस्)

छहारी संवाददाता
जेष्ठ २९, २०७६

कृषि सामग्री कम्पनी लिमिटेड मकवानपुरका कार्यालय प्रमुख शर्मिला घिमिरेले किसानको माग र आपूर्तिबीचको खाडलले गर्दा नै मलको अभाव भएको बताउनु भएको छ ।

उहाँले कम्पनीले गत वर्ष कै आधारमा मलको माग गरेको भएपनि वर्षै पिच्छे कृषकहरुको माग बढिरहने कारणले कृषहरुलाई खेतीको समयमा रासायनिक मलको अभाव हुने गरेको बताउनुभयो ।

गत वैशाख ६ गते देखि मकवानपुर जिल्लामा मलको अभाव भइरहकोमा जेष्ठ २२ गते मात्र कम्पनीमा मल आइ पुगेकोउहाँले बताउनुभयो ।

कृषकहरु परम्परागत कृषि छोड्ने र आधुनिक किसिमले खेती गर्ने बहानामा गाइबस्तुको मलको सट्टा कृषि उब्जाउ देखि उत्पादन गर्ने समयसम्म धेरै पटक रासायनिक मलको प्रयोग गर्ने गरेको बताउँदै घिमिरे कृषकहरु अर्गानिक खेती गर्न तर्फ उत्सुक हुनु पर्ने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा आज कार्यालयका अधिकृत मदन थिङ, कृषि सामग्री कम्पनी लिमिटेड मकवानपुरका कार्यालय प्रमुख शर्मिला घिमिरे, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष वासु खतिवडा सहितको टोलीले हेटौडा उपमहानगरपालिकाका ५ ओटा कृषि सहकारी संस्थामा मल वितरण कार्यको सम्बन्धमा अनुगमन गरेको थियो ।

छिमेकी राष्ट्र भारतबाट ल्याइएको युरिया मल २३ गतेदेखि २७ गतेसम्म स्थानिय तहहरुका कृषि सम्बन्धी सहकारीहरुलाई बितरण गरिएको हो ।

हेटौडा उपमहानगरपालिका भित्रका १७ ओटा कृषि सहकारी संस्थालाई २२ सय बोरा, गढी गाउँपालिकामा १४० बोरा, इन्द्र सरोबर गाउँपालिकामा ४५० बोरा, बकैया गाउँपालिकामा ४ सय बोरा, कैलाश गाउँपालिकामा ४ सय बोरा, भिमफेदी गाउँपालिकामा ४५० बोरा, मनहरी गाउँपालिकामा ११८० बोरा, थाहा नगरपालिकामा ७३ बोरा युरिया मल वितरण भइसकेको घिमिरेले जानकारी दिनुभयो ।

बाग्मती गाउँपालिकामा भने हालसम्म मलको माग नै नआएको उहाँले बताउनुभयो ।

हालसम्म ३६७ टन मल आएकोमा ३१५ टन मल वितरण भइसकेको र भोली विरगंजबाट ८४० देख १२ सय ६० बोरासम्म मल आउने समेत घिमिरेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*