मन्त्री रघुबिर महासेठ चढेको गाडी खोलामा पल्टियो, मन्त्री सकुशल

पुलको शिलन्यास गरी फर्कर्ने क्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ चढेको बा २ झ ४०२९ नम्बरको गाडी खोलमा डुबेको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री महासेठ स्याङ्जाको सहरे खोलाको पुलको शिलन्यास गरी फर्कर्ने क्रममा जिल्लाको अर्जुनचौपारी गाउँपालिका ३ मा पर्ने घट्टे दरौँ खोलामा डुबेको थियो।
मन्त्री महासेठ सवार गाडी डुबे पनि उनलाई भने प्रहरीले सकुशल उद्धार गरेर बहिर ल्याएको थियो । गाडीलाई डुबेको १ घण्टामा जेसिबीको सहायताले बाहिर निकालिएको थियो ।







