जीवनसैली सरल बनाए स्वतः भ्रष्टाचार नियन्त्रण हुन्छः प्रताप विष्ट

छहारी संवाददाता
जेष्ठ २८, २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव शिवराज रेग्मीले भ्रष्टाचार नियन्त्रणका लागि नागरिकहरु नै जागरुक हुनु पर्ने बताउनु भएको छ ।

भ्रष्टाचार विरुद्ध नागरिक सचेतना अभियान अन्तरगत भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मकवानपुरले आज हेटौंडामा आयोजना गरेको पत्रकारसंग अन्तरक्रिया कार्यक्रममा उहाँले भ्रष्टाचारको मुहान नै नागरिक भएको टिप्पणी गर्नुभयो ।

उहाँले निजी क्षेत्रले घुस खुआउने, नागरिक समाजले खण्डन गर्ने र सार्वजनिक क्षेत्रले खाने परिपाटी अन्त्य नभएसम्म भ्रष्टाचार अन्त्य नहुने बताउनुभएको छ । उपसचिव रेग्मीले अख्तियार उच्च मनोबलका साथ भ्रष्टाचार नियन्त्रणमा लागिपर्दै आएको भन्दै आम नागरिकको साथ अपरिहार्य रहेको समेत बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश तीनका अध्यक्ष प्रताप विष्टले आफ्नो जीवनसैली सरल बनाए स्वतः भ्रष्टाचार नियन्त्रण हुने दाबी गर्नु भएको छ । इमान्दारी र निष्ठावान व्यक्तिको समाजमा खडेरी परेको भन्दै अध्यक्ष विष्टले खराव जीवनशैली, आचरण र व्यवहारबाट नै भ्रष्टाचार सुरु हुने बताउनुभयो ।

उहाँले अहिले अख्तियार फर्जि मुद्धाहरुमा अल्भिरहेको भन्दै सत्य मुद्धा लुप्त हुन पुगेको जिकिर गर्नुभयो । कतीपय अवस्थामा जनप्रतिनिधीहरु काम गर्न नजानेर समेत भ्रष्टाचारमा मुछिने गरेको उहाँको भनाइ छ।  

कार्यक्रममा नेपाल पत्रकार महासंघ कवानपुरका अध्यक्ष हरि हुमागाईले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरु भ्रष्टाचारमा संलग्न रहेको भन्दै पैसाको धेरै कारोबार हुने क्षेत्रमा अनियमितता हुने गरेको बताउनु भएको छ ।

उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सचेतनाको खाँचो औंल्याउनुभयो । पद र पावरमा रहेका व्यक्तिहरु नितिगत रुपमा भ्रष्टाचारमा संलग्न हुनु दुखद रहेको उहाँको भनाइ छ । उहाँले समाजमा जती पनि भ्रष्टाचार र अनियमितता सम्बन्धी क्रियाकलापहरु हुन्छन् ती सबैमा पत्रकारीता मार्फत नियन्त्रण गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष देवप्रसाद श्रेष्ठले भ्रष्टाचार नियन्त्रणका लागि निगरानी, खबरदारी गर्न लागिपर्ने बताउनुभयो । संस्थाका सचिव सुरेश श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा निगरानी संस्थाका पदाधिकारीहरु, सदस्यहरु र जिल्लामा सक्रिय पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*