मनहरी गाउँपालिको २ वटा वडा बालबिवाह मुक्त घोषणा

छहारी संवाददाता
जेष्ठ २७, २०७६

मकवानपुरको मनहरी गाउँपालिको २ वटा वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको छ ।

गाउँपालिकाको ८ र ९ नम्बर वडालाई आज एक बृहत कार्यक्रमको आयोजना गरि बालबिबाह मुक्त वडा घोषणा गरिएको हो । ८ र ९ नम्बर वडाको आयोजनामा भएको घोषणा सभामा सहभागिहरुले आफ्ना कम उमेरका बालबालिहरुलाई बाल बिवाह नगराउने सामुहिक प्रतिबद्धता समेत ब्यक्त गरे  ।

घोषणा सभामा  प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्रि युवाराज दुलालको समेत उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि दुलालले बालबिबाह जस्तो जघन्य अपराधलाई न्युनीकरण गर्न सबै सरोकारवालाहरु एक हुनु पर्ने बताउनु भएको छ ।

प्रदेश नम्बर ३ का  ११ सय २५ वडा मध्ये पश्चिम मकवानपुरको मननहरी गाउँपालिको ८ र ९ नम्बर वडालाई प्रदेश ३ कै पहिलो बालबिवाह मुक्त वडा घोषणा गर्न सफल भएकोमा मन्त्रि दुलालले गाउँपालिकालाई धन्यबाद दिनुभयो  ।

आफ्ना बालबच्चाहरुको उज्वल भविष्य बनाउनका लागि अभिभावकहरुले आफै बलाबिवाह मुक्त वडा घोषणा गर्न सहयोग गरेको भन्दै मन्त्रि दुलालले अरु वडाको अभिभावकले पनि यसरी नै सहयोग गर्नु पर्ने बताउनुभयो ।

बालबिबाह रोकथामका लागि अभिभाबकहरुले आफ्ना बालबालिकाहरुलाई साथित्वको ब्यबहार गरि उनिहरुको समस्याको बारेमा  निरन्तर  जानकार हुनु पर्ने उहाँको भनाइ छ । अभिभावकहरु गरिबी , अशिक्षा तथा धुम्रपान र मद्यपानमा लिप्त हुनुका कारण पनि बालबालिकाको मनस्थितीमा परिवर्तन भइ बिवाह गने गरेको भन्दै सचेत गराउनुभयो ।

त्यसैगरि प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य ओम घलानले बालबिबाह विशेष गरेर जानजाति परिवारको बालबालिकाहरुमा उल्लेख्य रहेपनि पछिल्लो समयमा त्यसरी बालबिबाह गर्नेहरुमो सख्यामा कमि आएको बताए । 

कार्यक्रममा प्रदेश नम्बर ३ का सामाजिक बिकास मन्त्रि युवराज दुलाल , प्रदेश नम्बर ३का प्रदेश सभा सदस्या आम घलान , मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती उपाध्यक्ष मनिला विष्ट तथा नगाउँपालिाकाको सबै वाडका अध्यक्ष्ँहरको उपस्थीत रहेका थिए ।

संबिधान सभा सदस राजाराज स्याङतान सभा हुनु पुर्व मनहरी पुलबाट बिभीन्न जातजाति ,भेषभुषा,  बाजा गाजा सहित मनहरी  ८ र ९ वडाका बिभीन्न स्थानमा र्यालि समेत आयोाजना गरिएको  थियो ।  र्यालिमा   मनहरीका बालसंजाल, शिक्षक, बिद्यार्थि, अभिभावक, सुरक्षा निकाय लगाएतका प्रतिनिधीहरुको सहभागिता रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*