माण्डु हाइड्रोपावरको ड्याममा खसेर एक जनाको मृ्त्यु

मकवानपुरको भिमफेदी गाउपालिकामा रहेको माण्डु हाइड्रोपावरको ड्याममा खसेर एक जनाको मृ्त्यु भएको छ ।
ड्याममा काम गर्ने मजदुर ४० वर्षका टेक बहादुर मगरको ज्यान गएको इलाका प्रहरी कार्यालय सिस्नेरीले जनाएको छ ।
२४ गते साँझदेखि बेपत्ताा भएका मगर ड्यामको करीब १३ मिटर तल हिलोमा गाडीएको अवस्थामा आज बिहान १० बजे फेला परेका हुन् ।
मगरको शव पोष्टमका लागि हेटौडा अस्पताल ल्याइँदै छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







