हेटौंडामा थप ६ वटा शहरी स्वास्थ्य केन्द्र निर्माण गरिँदै

छहारी संवाददाता
जेष्ठ २६, २०७६

सबै नागरिकमा सहज स्वास्थ्य सेवा पुर्याउने उदेस्यले मकवानपुरको हेटौंडामा थप ६ वटा शहरी स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको छ ।

शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता भएकाले यसलाई बिशेष जोड दिदै हेटौंडा उपमहानगरपालिकाले ६ वटा शहरी स्वास्थ्य केन्द्र निर्माण गर्न लागेको हो ।

हेटौंडामा अहिले शिक्षा क्षेत्रले निकै फड्को मारिसकेको भए पनि स्वास्थ्यमा भने अझै कमजोर नै छ । जसका कारण उपचार नपाएर कसैले पनि मृत्युको मुखमा पुग्न नपरोस भन्ने उदेस्यले थप ६ वटा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको हेटौंडा उपहाँनगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो।

गतबर्ष मात्र हेटौंडाको हटियामा डाक्टर सहितको शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । भने अन्य वडामा पनि स्वास्थ्य केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइएको छ ।

यसबर्ष पनि हेटौंडाको १, ४, ५, १२, १६ र १८ नम्बर वडामा शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि काम सुरु गरिएको मेयर महतले बताउनुभयो । हरेक नागरिकले वडातह र आफ्नै टोलमा आधारभूत स्वाथ्य सेवा पाउनुपर्छ भन्ने उदेस्यले यो अभियानमा आफुहरु बषैपिच्छे बजेट छुट्याएर काम गरिरहेको मेयर महतले बताउनुभयो ।

तीन वटा वडामा नयाँ भवन नै निर्माण गरेर शहरी स्वास्थ्य केन्द्र स्थापना गरिदै छ भने अरु तीन वटा वडामा भने भईरहेका सरकारी भवनलाई मर्मत गरेर स्वास्थ्य केन्द्र संचालन गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

हेटौंडाका नागरिकलाई आफ्नै टोलमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उदेस्यले उपमहानगरपालिकाले यो काम सुरु गर्न लागेको हो । शहरी स्वास्थ्य केन्द्रका लागि हेटौंडा १ को सबै भन्दा बिकट मानिने घ्याङसिङ्टारमा स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न लागिएको छ । त्यस्तै हेटौंडा १९ को बस्तिपुर र हेटौंडा १२ को हात्तिगौडामा स्वास्थ्य केन्द्रको भवन निर्माण हुँदै छ ।

हेटौंडा ४, ५ र १६ मा भने भईरहेका सरकारी भवनलाई मर्मत गरेर स्वास्थ्य केन्द्र संचालन गर्ने तयारी भईरहेको कार्कीले बताउनुभयो ।

६ वटा वडामा निर्माण गर्न लागिएको स्वास्थ्य केन्द्रका भवनमा अहेब वा हेल्थ असिस्टेन्ट र अनमी वा स्टाप नर्सलाई राखेर बिरामीलाई सेवा दिने तयारी गरिएको छ ।

स्वास्थ्य केन्द्रका तीन वटा भवन निर्माणका लागि ६२ लाख रुपैयाँका दरले एक करोड ८० लाख रुपैयाँ लागतमा काम भईरहेको मेयर महतले बताउनुभयो । जनपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*