नेकपामा बिलिन भएर प्रचण्डले सहिदको सपनामा कुल्चिएः राजन तिमल्सीना

छहारी संवाददाता
जेष्ठ २६, २०७६

नेकपा माओवादी केन्द्रको मकवानपुर कार्यसमितीले जनसंगठन विस्तार तथा जनसम्बन्ध सुद्धृढिकरण अभियान अन्तरगत आज जिल्ला भेला आयोजना गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव राजन तिमल्सेनाले एमालेमा बिलिन भएर पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धबाट प्राप्त लोकतन्त्रको उपहास गरेको आरोप लगाउनुभएको छ ।

उहाँले जनयुद्ध मुख्य उदेस्य पुरा नगरी नेकपामा विलिन भएर प्रचण्डले सहिदको सपना कुल्चिएको समेत आरोप लगाउनुभयो ।

गरिब असहाय विपन्न वर्गको नाममा नेकपाले अहिले लुटको स्वर्गमा राज गरिरहेकोभन्दै अब माओवादीहरु मिलेर फेरी विद्रोह गनेए दाबी गर्नुभयो ।

बिप्लब लगायत अन्य स साना पार्टी मिेलेर विशाल कमिटी गठन गरी बृहद राजनीतिक संगठन निर्माण गर्ने तयारीमा रहेको समेत बताउनुभयो । उहाँले गरीब जनताको पक्षमा उभिएर पुँजीपति बर्गको बिरुद्धमा देशभर अभियान सुरु गरेकोबताउनु भएको छ ।

कार्यक्रममा केन्द्रिय सदस्य नारायण देउलाले मुक्तिका लागि दश वर्षे जनयद्ध लडेको भएपनि प्रचण्डले पार्टीको जनभावना टपरीमा मन्सीएको जस्तै गरी नेकपा एमालेमा पन्छाएको आरोप लगाउनुभयो ।

राजनितीले मानिसलाई नैतिक र व्यवहारिक बनाउने भन्दै देउलाले भन्नुभयो –"प्रचण्डले झुक्याएको कारण हामी उठ्न बाध्य हुनु परेको हो र माग पुरा भएन भने हतियार उठाउन समेत हामी बाध्य हुनेछौं ।"

यस्तै प्रदेश २ का संयोजक पासाङ मोक्तानले लालपुर्जा बिहिन सुकुम्बासीहरुलाई उचित बासस्थानको  व्यवस्था अहिलेसम्म नभएको तर भोटर बैंकको रुपमा सुकु्म्बासी जनता प्रयोगमा आइरहेको गुनासो गर्नुभयो । उहाँले मजदुर वर्ग समेत सरकारको भोटर बैंकको रुपमा प्रयोग भइरहेको भन्दै नक्कली कम्युनिष्टले सरकारको नेतृत्व गरिरहेको टिप्पणी गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका मकवानपुर संयोजक सूर्य लामाको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय सदस्य सुर्दशन किराँती, केन्द्रिय सदस्य प्रकाश लिम्बु, केन्द्रिय सदस्य विज्ञान लामा लगायतको उपस्थिीती रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*