प्रदेश ३ का मूख्य न्यायाधीवक्ता न्यौपानेले किन दिए राजीनामा ?

प्रदेश तीनका मूख्य न्यायाधीवक्ता ले पदबाट राजीनामा दिनुभएको छ ।
मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव आनन्दाराज ढकाल समक्ष राजीनामा बुझाएको न्यौपानेले बताउनुभयो । मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरु कसैसंग पनि समस्या नभई आफैले राजीनामा दिएको उहाँले बताउनुभएको छ ।
आफु स्वतन्त्र भएर काम गर्न चाहने र मुख्यन्यायधिबक्ता भएपछी बाधिएर काम गर्नुपर्ने भएकाले पदबाट राजीनामा दिएको उहाँको भनाई छ ।
मुख्यमन्त्री पौडेल अस्वस्थ्य भइ उपचार गराइरहेका बेला न्यौपानेको राजीनामा आएको हो । मुख्य न्यायाधीवक्ताको राजीनामा प्रदेश प्रमुखले स्विकृत गर्ने कानूनी व्यवस्था छ ।
वरिष्ठ अधिवक्तासमेत रहनुभएका न्यौपानेले मुख्य न्यायाधिवक्ताको जिम्मेवारी र भूमिका राजनीतिक नियुक्ती र मर्यादा जस्तो नभई एउटा सामान्य कर्मचारी जस्तो भएकै कारण आफूले राजीनामा दिएको बताउनुभयो ।
यसकाराण राजीनामा
रेडक्रसको चुनावमा पार्टीले गरेको ह्विप नमानी मकवानपुरका भोला रुपाखेतीलाई उम्मेद्वार बनाएपछि मुख्यमन्त्री पौडेललाई नै न्यौपाने हटाउन नेकपाका नेताहरुको दबाब थियो ।
न्यायाधीवक्ता कार्यालयलाई प्राप्त १ करोड २० लाख रुपैयाँमा कर्मचारीलाई २० लाख तलब भत्तापछि बाँकी पैसाले न्यौपाने सुविधायुक्त गाडी किन्न चाहन्थे तर विवाद हुन्छ भनेर मुख्यमन्त्री कार्यालयले स्वीकृति दिएको थिएन ।
पछिल्लो समय न्यौपाने र मुख्यमन्त्री पौडेलबीच दूरी बढेको थियो । जनपत्रबाट







