गल्फ स्लो स्कुटी रेस प्रतियोगितामा सुमित्रा लामा प्रथम

छहारी संवाददाता
जेष्ठ २४, २०७६

हेटौंडा लेडी जेसीजले आज गरेको गल्फ स्लो स्कुटी रेस प्रतियोगितामा सुमित्रा लामा प्रथम हुनु भएको छ ।

सिमा चोकबाट सुरु भएको स्लो स्कुटी रेसमा सुजाता श्रेष्ठ दोस्रो र उषा रोका तेस्रो हुनुभयो । जेसीज सप्ताह अन्तर्गत हेटौंडा लेडी जेसीजले आयोजना गरेको प्रतियोगितामा कुल १३ जना सहभागि रहेको थियो ।

हाइ स्पिडका कारण बढ्दो दुर्घटनामा दुइपाङ्ग्रे सवारीको क्षती बढी हुने भएकोले यस विषयमा सबैलाइ सचेत गराउन जेसीज सप्ताह २०१९ अन्तर्गत दोश्रो दिनमा गल्फ स्लो स्कुटी प्रतियोगिता आयोजना गरिएको कार्यक्रम मुल संयोजक शुसिला पौडेलले जानकारी दिनुभयो ।  

हेटौंडा लेडी जेसीज २०१९ की अध्यक्ष जेसी सुष्मा लटौलाको सभाध्यक्षतामा भएको प्रतियोगितामा गल्फ लुब्रिकेन्टका हिरामणी त्रितालको प्रमूख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी निरिक्षक विरेन्द्र कुमार ठाकुर, कार्य्रकम संयोजक जेसी जुनु अर्याल निवर्तमान अध्यक्ष अस्मिता श्रेष्ठ, सह मुल संयोजक सृष्टी गोर्खाली, महासचिव ज्योत्सना भण्डारी एवं सम्पुर्ण हेटौंडा लेडि जेसीजका सदस्यहरू, चन्द्रपुर सिटी जेसीजका संस्थापक अध्यक्ष जेसी बाल कृष्ण श्रेष्ठ, पूर्व हेटौंडा लेडी जेसीज कि जेसी रश्मी बस्नेत, जेसी निशा रोका, बसामाडी जेसिसका पुर्व अध्यक्ष तथा मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष अनिल अग्रवाल, प्रहरी लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई जेसीज सप्ताहको समापनमा पुरस्कृत गरिने संयोजक पौडेलले बताउनुभयो । यस्तै आजै हेटौँडा १५ मा रहेको दिब्य आश्रम आश्रीत वृद्धवृद्धाहरुलाई खाना खुवाउने कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*