लोकसेवा आयोगको असंबैद्यानिक बिज्ञापन बिरुद्ध बिद्यार्थीहरु आन्दोलित, सरकार बिरुद्ध नारावाजी(फोटो फिचर)

छहारी संवाददाता
जेष्ठ २१, २०७६

संयुक्त बिद्यार्थी संघर्ष समिति मकवानपुरले आज नारा जुलुस सहित लोक सेवा आयोग हेटौंडाको कार्यालय घेराउ गरेको छ ।

लोकसेवा आयोगको असंबैद्यानिक बिज्ञापनको बिरुद्धमा आन्दोलनमा उत्रिएका बिद्यार्थीहरुले जुलस सहित कार्यालय घेराउ गरेका हुन् । ¥याली सहित हातमा प्लेकार्ड बोकेर कार्यालय पुगेको बिद्यार्थीहरुले आयोगको कार्यालय अगाडी नारावाजी समेत गरेका थिए ।

नेपाल सरकारले लोकसेवा आयोगमा माग गरेको कोटामा समावेशी दलित र मधेशी वर्गको लागि कुनै स्थान नरहेको भन्दै हेटौँडामा बिद्यार्थीहरु आन्दोलित भएका हुन् ।

मधेशी जनताको हित गर्छु भन्दै चुनाव जितेका प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले पनि आफुहरुलाई कुनै वास्ता नगरेको संघर्ष समितिका बालकुमार यादबले बताउनुभयो । हेटौँडामा बसेर लोकसेवा पढिरहेका युवाहरुले आज विरोध र्याली निकालेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*