लोकसेवा आयोगको असंबैद्यानिक बिज्ञापन बिरुद्ध बिद्यार्थीहरु आन्दोलित, सरकार बिरुद्ध नारावाजी
संयुक्त बिद्यार्थी संघर्ष समिति मकवानपुरले आज नारा जुलुस सहित लोक सेवा आयोग हेटौंडाको कार्यालय घेराउ गरेको छ ।
लोकसेवा आयोगको असंबैद्यानिक बिज्ञापनको बिरुद्धमा आन्दोलनमा उत्रिएका बिद्यार्थीहरुले जुलस सहित कार्यालय घेराउ गरेका हुन् । ¥याली सहित हातमा प्लेकार्ड बोकेर कार्यालय पुगेको बिद्यार्थीहरुले आयोगको कार्यालय अगाडी नारावाजी समेत गरेका थिए ।
नेपाल सरकारले लोकसेवा आयोगमा माग गरेको कोटामा समावेशी दलित र मधेशी वर्गको लागि कुनै स्थान नरहेको भन्दै हेटौँडामा बिद्यार्थीहरु आन्दोलित भएका हुन् ।
मधेशी जनताको हित गर्छु भन्दै चुनाव जितेका प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले पनि आफुहरुलाई कुनै वास्ता नगरेको संघर्ष समितिका बालकुमार यादबले बताउनुभयो । हेटौँडामा बसेर लोकसेवा पढिरहेका युवाहरुले आज विरोध र्याली निकालेका हुन् ।







