दोस्रो हेटौंडा जर्नालिजम अवार्ड —२०७६ को मनोनयन सार्वजानिक

छहारी संवाददाता
जेष्ठ २१, २०७६

न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा हुन लागेको दोस्रो हेटौंडा जर्नालिजम अवार्ड —२०७६ को उत्कृष्ट ३ मनोनयन आज हेटौंडामा पत्रकार गरेर सार्वजानिक गरेको छ ।

११ विधामा वर्ष ०७५मा कार्य गरेका मकवानपुरका सञ्चारकर्मीहरु मध्येका ३ जनाको नाम सार्वजानिक गरिएको हो । प्रालिका अध्यक्ष एंव अवार्ड कार्यक्रमका संयोजक मणिराज गौतमले उक्त नाम सार्वजानिक गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय प्रशिक्षण विभागका सदस्य मनोज ढोडारी, प्रदेश ३ का महासचिव कृष्ण सारु मगर, जिल्ला अध्यक्ष हरि हुमागाई, आयोजक समितिका सदस्य श्रीराम अर्जुन लगायत मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

यहि जेष्ठ २५ गते हेटौंडामा हुने अवार्ड कार्यक्रममा अवार्ड संगै ११ जना पत्रकारहरुलाई नगद राशी सहित सम्मान गर्ने अध्यक्ष गौतमले बताए । अवार्ड कार्यक्रममा नेपालका चर्चित गायक मिलन लामा तथा दोहोरी गायिकाको प्रस्तुती समेत रहनेछ ।

अवार्ड प्रदान गर्न समाजका प्रतिष्ठित व्यक्तीत्वहरुलाई आमन्त्रण गरीने उनले बताए ।

दोस्रो जर्नालिजम अवार्ड —२०७६ मा ३ उत्कृष्ट मनोनयनमा परेका सञ्चारकर्मीहरुको नामावली

क)उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड —२०७६ १) सुवास विडारी, साझाकुरा दैनिक २) राजन दाहाल, एभिन्युज टेलिभिजन ३) पुष्पराज अधिकारी, जनता टेलिभिजन

ख) उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्ड —२०७६ १) कपिल खड्का, टिम टेलिभिजन २) अशोक सुजन श्रेष्ठ, नागरिक दैनिक ३) रविन्द्र गौतम, हेटौंडा खबर डटकम/ रेडियो सरोवर

ग) उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड —२०७६ १) केशव समपर्ण, साझाकुरा दैनिक/कारोबार दैनिक २) सुदीप सिवाकोटी, हेटौंडा सन्देश दैनिक / नयाँ पत्रिका दैनिक ३) राज सापकोटा, लालखबर डटकम

घ) उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड —२०७६ १) देवराज पन्त, न्युज २४ २) कृष्ण सारु मगर, अन्नपूर्ण पोष्ठ दैनिक ३) विवस अधिकारी, समृद्ध समाज दैनिक

ङ) उत्कृष्ट सम्पादक वर्ष अवार्ड —२०७६ १) एमपी शर्मा, हेटौंडा एफएम २) दुदुमाया सिन्तान, रेडियो थाहा सञ्चार ३) सुवास विडारी, साझाकुरा दैनिक

च) उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड —२०७६ १) धर्मेन्द्र दाहाल, खबरब्रेक डटकम २) बलराम पुडासैनी, तु खबर डटकम ३) सुनिल सिवाकोटी, प्रष्टखबर डटकम

छ) उत्कृष्ट प्रस्तोता वर्ष अवार्ड —२०७६ १) दर्शन क्षेत्री, रेडियो थाहा सञ्चार २) उषा थामी, हेटौंडा एफएम ३) धिरज ढकाल, टिम टेलिभिजन

ज) उत्कृष्ट सामाजिक पत्रकारिता वर्ष अवार्ड —२०७६ १) प्रिया पौडेल, समृद्ध समाज दैनिक/ रेडियो निकास २) गणेश अधिकारी, रेडियो मकवानपुर / प्रदेश दैनिक ३) अमृत चिमोरिया, समृद्ध समाज/ थाहाखबर डटकम

झ) नव उदयमान पत्रकार वर्ष अवार्ड —२०७६ १) सृजना नेपाल,रेडियो थाहा सञ्चार २) मानवी बानियाँ, हेटौंडा सन्देश दैनिक ३) उज्जवल अधिकारी, भुगोल न्यूज डटकम

ञ) उत्कृष्ट पूरुष पत्रकार वर्ष अवार्ड —२०७६ १) कृष्ण सारु मगर, अन्नपूर्ण पोष्ठ/ एपि वान टेलिभिजन २) बालकृष्ण अधिकारी, कान्तिपूर टेलिभिजन ३) ध्रुव अधिकारी, राजधानी दैनिक

ट) उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड —२०७६ १) नानीमाया सापकोटा, टिम टेलिभिजन २) सरिता दाहाल, राजधानी दैनिक ३) सरला अधिकारी, छहारी नेटवर्क / सिधाखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*