प्रदेश तीन सरकारको दिगो विकासका लक्षहरु यस प्रकार छन् ।

प्रदेश सरकार प्रदेश नीति तथा योजना आयोग प्रदेश ३ को आयोजनमा दिगो विकासका लक्ष्यहरुको आधार तथ्यांक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाको अध्यक्षता तथा सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा दिगो विकासका लक्ष्य स्थानियीकरण सम्बन्धी भएका कार्यक्रमहरु तथा प्रदेशको वर्तमान अवस्थाका बारेमा जानकारी गराईएको थियो ।
टोली प्रमुख डाक्टर पिताम्बर शर्माले दिगो विकासको लक्षहरु र प्रदेशको बर्तमान अवस्था सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जसमा दिगो विकासका लक्ष १७ ओटा रहेको छ भने सरकारले ४ सय ३० भन्दा बढी परिणात्मक सूचकहरु निकालेको छ ।
कार्यपत्रमा दिगो विकासलाई प्रदेश सरकारले पनि स्थानियकरण गर्न आवश्यक रहेको तथा प्रदेशको समृद्धिको लागि दिगो विकासको लक्षहरुलाई आत्मसमथ गर्नुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङेल, आर्थिक मामिला तथा कानुन मन्त्री सालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, भुमी व्यस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको सहभागिता रहेको थियो ।
दिगो विकासका लक्षहरु यस प्रकार छन् ।
लक्ष्य १ः गरिबी–हेरक क्षेत्रमा रहेका सबै स्वरुपहरुको गरिबी अन्त्य गर्ने ।
लक्ष्य २ः भोकमरी र खाद्य सुरक्षा–भोक मरी अन्त्य गर्ने, खाद्य सुरक्षा र उन्नत पोषण प्राप्त गर्ने र दिगो कृषिको प्रवर्दन गर्ने ।
लक्ष्य ३ः स्वास्थ्य– सबै उमेर समुहका व्यक्तिका लागि स्वस्थ जिवनको सुनिश्तिता गर्दै समृद्ध जिवनस्तर प्रवर्दन गर्ने ।
लक्ष्य ४ः शिक्षा– समावेसी तथा गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जिवन पर्यन्त सिकाइका अवसरहरु प्रवर्दन गर्ने ।
लक्ष्य ५ः लैंगिक समानता र महिला सशक्तिकरण– लैंगिक समानता हासिल गर्ने र सबै महिला तथा किशोरीहरुलाई सशक्त बनाउने ।
लक्ष्य ६ः पानी र सरसफाइ–सबैको निम्ति खानेपानीको र सरसफाइको उपलब्धताताका साथै यसको दिगो व्यवस्थापन सुनिश्चत गर्ने ।
लक्ष्य ७ः उर्जा– सबैलाई सुफथ विस्वसनिय र दिगो आधुनिक उर्जा सुनिश्चित गर्ने ।
लक्ष्य ८ः आर्थिक बृद्धि– स्थिर समावेशी र दिगो आर्थिक बृद्धि पूण्र्र तथा उत्पादनशिल राजगारी र मर्यादित कामलाई प्रवर्दन गर्ने ।
लक्ष्य ९ः पूर्वाधार औद्योगिकरण–समनुकुलित पूर्वाधारहरु निर्माण गर्ने, समावेसी तथा दिगो औद्योगिकरणको प्रवर्दन गर्ने र नव प्रवर्दनलाई प्रेरित गर्ने ।
लक्ष्य १०ः असमानता–देश भित्र तथा देशहरु बीचको असमानता हटाउने ।
लक्ष्य ११ः शहरहरु–शहरहरु र मानव बस्तीहरुलाई समावेसी, सुरक्षित, कमानुकुलित र दिगो बनाउने ।
लक्ष्य १२ः दिगो उपभोग र उत्पादन– दिगो उपभोग र उत्पादन ढाँचाहरु सुनिश्च्ति गर्ने ।
लक्ष्य १३ः जलवायु परिवर्तन– जलवायु परिवर्तन र यसको असरहरुसंग जुझ्न तत्काल कार्य अघि बढाउने ।
लक्ष्य १४ः महासागर– दिगाृ विकासका लागि महासागर समुद्र र सामुद्रिक सम्पदाको संरक्षण र दिगो उपयोग गर्ने ।
लक्ष्य १५ः जैविक विविधता– पृथ्वीको भुतलिय पर्यावरण प्रणालिहरुको दिगो उपयाग, आरक्षण र पूर्नस्थापन गर्ने, वन जंगलको दिगो रुपमा व्यवस्थापन गर्ने, मरुभुमिकरण र जमिनको ह्रासलाई रोक्ने, उल्टाउने र जैविक विविधताको क्षति रोक्ने ।
लक्ष्य १६ः शान्ति र न्याय– दिगो विकासको निम्ती शान्तिपूर्ण र समावेसी समाजहरुको प्रवर्दन गर्ने, न्यायमा सबैको पहुँच प्रदान गर्ने र सबै तहहरुमा प्रभावकारी जवाफदही र समावेसी संस्थाहरु निमार्ण गर्ने ।
लक्ष्य १७ः साझेदारी– दिगो विकासका लागि कार्यन्वयनका माध्यमहरु सदृढ गर्ने र अन्तराष्ट्रिय साझोदारीलाई पुनः सशक्त तुल्याउने ।







