३ महिनामा २ हजार क्रियासिल सदस्य बनाउने साझा विवेकशील मकवानपुरका संयोजक मैनालीको अठोट

साझा विवेकशील पार्टी मकवानपुरका संयोजक राजन मैनालीले ३ महिना भित्र २ हजार क्रियासिल सदस्य बनाउने अठोट गर्नु भएको छ ।
आज न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मैनालीले पृथक र आक्रामक तरिकाले पार्टी विस्तार गर्दै जाने बताउँदै असारको पहिलो साता भित्र स्थानिय स्तरका कमिटी गठन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
उहाँले संघिय शासन व्यवस्थाको अभ्यास गरिरहेको अवस्थामा जन चाहना पुरा गर्न सरकार सक्षम छ त भन्दै प्रतिप्रश्न गर्नु भएको छ । अहिले भ्रष्टाचारीहरु नै देशको उच्च पदमा रहेको भन्दै उहाँले सरकारको काम निरंकुश तर नाम चाही संघिय लोकतान्त्रिक गणतन्त्र रहेको टिप्पणी गर्नुभयो ।
सरकारले जनआकांक्षा अनुसार काम पुरा गर्न नसकेको भन्दै संयोजक मैनालीले शिक्षामा राजनितीकरण भइरहेको, बेरोजगारीका कारण लाखौं युवा विदेश पलायन भएको तर्फ इंगित गदै राज्यले जनताको स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा उहाँले आफुले सत्य र निष्ठा पूर्वक सामाजिक भावनाले जनताको खुशिको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मैनालीको संयोजकत्वमा १३ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ ।
जसको सदस्यहरुमा शम्भु सिंह कार्की, गणेश गौतम, जगत मौक्तान, माधव कार्की, रमेश थापा, जुनु कुमारी थिङ, सुरज कुमार अधिकारी, प्ररेमलााल श्रेष्ठ, पवित्रमान श्रेष्ठ, गौरव श्रीवास्तव, टेक बहादुर केसी, भोजराज जिम्बा र पोखराज मैनाली रहेका छन् ।
यस्तै थाहा नगरपालिकाको संयोजकमा माधव कार्की र भिमफेदी गाउँपालिका संयोजक जगत मोक्तान चयन भएका छन् ।







