नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला भेला यहि जेठ २५ गते हुने

नेकपा माओवादी केन्द्र मकवानपुरको यहि जेठ २५ गते जिल्ला भेला हुने भएको छ ।
नेकपा माओवादी केन्द्रले आज हेटौडामा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै भेला आयोजक समितिका संयोजक सुर्य लामाले जनयुद्ध देखिनै माओवादी केन्द्रले उत्पिडित बर्गको मुद्दा हरु त्यागेर एमालेमा बिलय भएकाले जनयुद्धका उपलब्धिहरु रक्षा र क्रान्तिको बाकि कार्यभार पूरा गर्न माओवादी केन्द्रलाई निरन्तरता दिन लागीएको बताउनु भयो ।
अझै पनि पुजिवाद र सामन्ति शासनको अन्त्य नभएकोले क्रान्तिको बाटो नसकिएको उहाँले स्टष्ठ पार्नु भयो ।
कार्यक्रममा जिल्ला ईन्चार्ज अमर सिहं पाख्रिन, केन्द्रिय सदस्य नारायण देउला, बिज्ञान लामा लगायतको उपस्थिति रहेको थियो। भेलालाई माओबादी केन्द्रका प्रदेश तिनका संयोजक पासाङ मोक्तानले सम्बोधन गर्ने जनाईएको छ







