बाख्रापालक महासंघको प्रदेश ३ संयोजकमा योगेन्द् बहादुर खड्का चयन

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि व्यवसायीलाई व्यवसायीक बनाउनन सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउनस भएकोृ छ ।
शनिवार हेटौडामा भएको बाख्रपालन व्यवसायको व्यवसायीकरण मासु उत्पादन एवं उत्पादकत्व बृद्धि तथा बजारिकरणको लागि स्थानिय स्तरमा अभिमुखीकरण गोष्ठाीमा उहाँले यस्तो बताउनु भएके हो ।
मन्त्री लामाले कृषकहरुलाई उत्पादनमुखि क्रियाकलापमा प्रोत्साहन गर्दै पशुपालनको माध्यमबाट देशलाई समृद्धि तर्फ लैजाने बताउनु भएको छ ।
कार्यक्रममा नेपाल व्यवसायी बाख्रा पालक महासंघका केन्द्रिय अध्यक्ष श्याम कुमार पोख्रेलले गरिबको गाई तथा गरिबको बैंक, बाख्र पालन भएका भन्दै चाहेको बेला बेच्न सकिने हुँदा बाख्रा खल्तीको धन रहेको उल्लेख गर्नुभयो । बाख्रा व्यवसायमा आएको बजेटको सदुपयोग नभएको हुँदा पर्याप्त उत्पादन हुन नसकिरहेको उहाँको गुनासो छ ।
नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजना तथा विकेन्द्रित आयोजना इकाइले मुख्य आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल व्यवसायी बाख्रापालक महासंघको तीन नम्बर प्रदेश स्तरिय कमिटी गठन गरिएको छ । जसको संयोजकमा योगेन्द् बहादुर खड्का चयन हुनु भएको छ ।
यस्तै सहसंयोजक गोबिन्द सुबेदी, सचिव दिपक गौतम, सहसचिव राम प्रसाद गौतम, कोषाध्य विनिता कार्की चयन भएका छन् । यस्तै सदस्यहरु जिवन धिताल, रुद्र नाथ उपाध्याय, रेमनाथ भट्ट, मान बहादुर मगर र भानुभक्त पराजुली चयन भएका छन् ।







