साझा विवेकशील पार्टी मकवानपुरको संयोजक राजन मैनाली

छहारी संवाददाता
जेष्ठ १९, २०७६

साझा विवेकशील पार्टी मकवानपुरको संयोजकमा राजन मैनाली चयन हुनुभएको छ । मैनाली यसअघि नयाँ शक्तिमा हुनुहुन्थ्यो ।

आज केन्द्रीय संयोजक रविन्द्र मिश्रले माटोको टिका लगाई दिएर मैनालीलाई संयोजक घोषणा गर्नु भएको हो ।

मैनालीसंगै पार्टीको थाहा नगरपालिका र भिमफेदी गाउँपालिका समिति संयोजक पनि चयन गरिएको छ । थाहा नगरमा माधव कार्की र भीमफेदीमा जगत मुक्तानले नेतृत्व लिनु भएको हो ।

कार्यक्रममा साझा विवेकशील पार्टीका केन्द्रीय संयोजक मिश्रले राजनीतिक पद्धती परिवर्तन नभई देशमा भ्रष्ट्राचारको अन्तय हुन नसक्ने दाबी गर्नु भएको छ ।

जिल्ला संयोजक घोषणा कार्यक्रममा बोल्दै उहाँले जताततै भ्रष्ट्रचार देखेर युवा विक्षीप्त भइसकेको जिकिर गर्नुभयो । उहाँले कम्युनिष्ट र कांग्रेससंगको आस्था परिवर्तन गरेर इमानको राजनीति गर्न समेत आग्रह गर्नुभएको छ ।

मिश्रले अहिलेको मानिसहरु धेरै पाप गर्ने र पाप पखाल्नका लागि मन्दिर पुग्ने गरेको टिप्पणी गर्नुभयो । जनप्रतिनिधी भ्रष्ट भएका कारण जनता र देश गरिब हुँदै गएको तर जनप्रतिनिधी मात्र धनी भएको उहाँको भनाइ छ ।

श्रिले भन्नुभयो– "जनतालाई भ्ष्टाचारले आक्रान्त बनाएको छ, मुलुकमा चाकडीवादको सामाजिक, राजनितीक अवस्था रहेको छ । तर हामी इमान्दारीताको धरातलमा उभिएर काम गछौं, गति तिब्र बनाइ आउँदो चुनावमा जनमन जितेर अघाडि बढ्ने बढ्छौं । "

कार्यक्रममा प्रदेश तीनको सभासद् सोभा शाक्य, साझा, विवेकशीलका संगठन विभाग प्रमुख मुमाराम खनाल, प्रदेश संयोजक समिक्षा बाँस्कोटा लगायतको उपस्थिती रहेको थियो । आज भएको कार्यक्रममा पार्टीले ५५ जना महिला चालक व्यवसायी,३५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने ४२ जनालाई नया सदस्यता प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*