नगरस्तरिय वालक्लब सञ्जालको सास्कृतिक कार्यक्रम

नगरस्तरिय वालक्लब सञ्जाल हेटौंडा उपमहानगरपालिकाले आज सास्कृतिक कार्यक्रम गरेको छ ।
नगरस्तरिय वालक्लबका अध्यक्ष लक्ष्मी कुमारी भण्डारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक भिम तिमल्सीनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, हेटौंडा २ का वडासदस्य रेणु गुरुङ, सिबिन बालहेल्पलाईनका झबिन्द्र ज्ञवाली, संघसंस्थाको तर्फबाट केदार आचार्य लगायतकाले मन्त्रव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बालक्लबमा आवद्ध बालबालिकाहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।







