जनताको मन जितेर काम गर्नुस्ः पूर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डे

छहारी संवाददाता
जेष्ठ १९, २०७६

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डेले जस्तोसुकै परिस्थितीमा पनि जनताको मन जितेर काम गर्न मकवानपुरका नेकपा निकट जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ ।

नेकपा मकवानपुरको आयोजनामा मकवानपुरका जनप्रतिनिधिहरुको भेलालाई आज हेटौंडामा सम्बोधन गर्दै उहाँले आर्थिक कुरासंग हरेक कुरा जोडिएकोले अब राजनीतिक परिवर्तनका कुरा भन्दा पनि सबैलाई अर्थसंग जोडिनुपर्ने बताउनुभयो ।
जनता र पार्टीको बिचमा जनप्रतिनिधिले पुलको काम गरिनुपर्ने बताउनुभयो । पुल भाँचिएमा यसले कुनैपनि काम गर्न नसकिने बताउनुभयो । अहिलेको समयमा भूमि सुधार सम्बन्धी नयाँ ऐन ल्याएर काम गरिनुपर्ने उहाँको भनाई छ ।
जनप्रतिनिधिहरुले अनुगमन र बैठकको नाममा धेरे भत्ता लिने काम नगर्नका लागि सुझाब दिदै उहाँले भन्नुभयो–‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो निवासमा दाजु, भाई, दिदी बहिनी मिलेर खाना खाएपनि आफु सरकारी मान्छे भएकाले त्यसको रकम तिर्नु नपर्ने र आफन्तले खाना खाएको रकमको चेक काटेर सरकारी खातामा हाल्ने गरेका छन् । त्यसैले पनि दोस्रो पटक चुनाव जित्न सफल भए । अब हाम्रा जनप्रतिनिधिहरुले पनि त्यही कुरा सिक्न जरुरी छ ।’

जनप्रतिनिधिहरुले अबको तीन बर्षको अबधिमा दृढ भएर काम गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु केदार न्यौपाने, बिरोध खतिवडा, कुमारी मोक्तान, रामेस्वर राना, एमालेका प्रतिनिधि सभाका सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, थाहा नगरपालिकाका मेयर लवशेर बिष्ट, गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामा, बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखे लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
मकवानपुरका स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले सम्म आफुले नेतृत्व गरेपछी गरेका काम र अब गर्नुपर्ने कामका बिषयमा जानकारी गराएका थिए भने नेकपाका केन्द्र देखि जिल्ला स्तर सम्मका नेताहरुले स्थानीय तहका जनप्रतिनिधिले जनताको हितमा काम गर्नका लागि निर्देशन दिएका थिए । नेकपा मकवानपुरका अध्यक्ष तथा प्रदेश सभाका सदस्य मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम नेकपा मकवानपुरका सचिब तथा प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामीले संचालन गर्नुभएको थियो । दिनभरजसो चलेको कार्यक्रममा जनप्रतिनिधिहरुले सर्बेसर्वानै जनतालाइृ ठानेर काम गर्नका लागि आग्रह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*